२५ भाद्र २०७३, शनिबार

भनिन्छ मौसमको भर नै हुँदैन । हो त्यस्तै भइरहेको छ । मुलुकको विभिन्न भागमा फेरि पानी दर्कन थालेको छ । मौसमविद्हरुका अनुसार अझै दुईहप्तासम्म देशको पूर्वी तथा मध्य भेगमा पानी पर्ने छ । समयमै सुरु भएको मनसुन सकिने समयमा पुनः सक्रिय हुन थालेपछि कतै यसले नोक्सान पु¥याउदैन भन्ने आंकलन समेत गर्न थालिएको छ ।

Image result for झरी
सामान्यतया मौसम अङगेजी महिनाको जुनवाट सुरु भई सेप्टेम्वरको तेस्रो सातासम्म सक्रिय हुने गर्दछ । विगत वर्षहरुभन्दा यस वर्ष पानी वढी परेपनि केही क्षेत्र वाहेक अधिकांश क्षेत्रमा औसत वर्षा भएको देखिदैन ।
टेक्स्टको लागि
यस वर्ष ताप्लेजुङ ९५ %, विराटनगर ६० %, धनकुटा ७५ %, ओखलढुङगा ८० %,जनकपुर ८० %, काठमाण्डौ ८५ %, सिमरा ६५ %, पोखरा ७० %,भैरहवा ६५ %, नेपालगञ्ज ८० %, सुर्खेत ८५ %, जुम्ला १०० %, धनगडी ६५ %, दिपायल ७५ %, र डडेल्दुरा ८० % पानी परिसकेको छ । मनसुन अझै वाँकी रहेकोले दुईहप्तासम्म देशको विभिन्न भागमा पानी सामान्य पानी परिरहने मौसमविदहरुले जानकारी दिएका छन ।
गत वर्ष एलनिनो वर्ष भएकाले नेपाल लगायत दक्षिण एसियाका धेरै स्थानहरुमा औसतभन्दा कम वर्षा भएको थियो । मनसुन भारी मात्रामा नभए पनि भूकम्प प्रभावित क्षेत्रमा सामान्य वर्षाले पनि ठूलै क्षति पु¥याउन सक्ने भएकाले त्यस क्षेत्रका मानिसहरुलाई सजग रहन मौसमविद्हरुको सुझाव रहेको छ । र अन्य क्षेत्रमा भने खासै ठूलो क्षति नहुने उनीहरुको विश्लेषण छ ।
पछिल्लो समयमा पानी फेरि पर्न थालेपछि राजधानी लगायत देशको जनजीवन प्रभावित भएको छ । पानीले गर्दा सवारी साधनहरु लामो लामो जाममा पर्ने, सडकमा पानी जमेर सवारी साधन गुडनमा नै समस्या भइरहेको छ । यसवर्षको मनसुन सुरु हुनेवेलामा देशको विभिन्न भागमा परेका भारी वर्षाले गर्दा ठूलोमात्रामा धनजनको क्षति भएको थियो । अव आम नेपाली किसानले खेति लगाउँदा दिएको मौसमको साथ खोजिरहेका छन । अव खेती पाकेर भित्रयाउने वेला भइसकेको छ र यस्तो अवस्थामा धेरै पानी पर्दा खेतीपातीमा असर पर्ने हुन्छ । त्यसमाथि नजिकिदो चाडवाडमा पनि बर्षाले सडक वगाउने होकी भन्ने चिन्ता समेत थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV