२५ भाद्र २०७३, शनिबार

14287774_1217700751586431_1770268640_n

लेखक तथा समाजसेवी मोहराज शर्मा ‘मोहन’ अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) को एशिया महादेश हेर्ने गरि एसिया संयोजक पदमा चयन हुनुभएको छ । हालै बसेको इनास केन्द्रिय समितिको बैठकले उहाँलाई एसियाको संयोजक पदमा सर्बम्मत रूपमा चयन गर्दै यो जिम्मेवारी दिईएको हो बाग्लुङ जिल्लामा जन्मेर हाल चितवनका स्थायी बासिन्दा शर्मा विगत ५ वर्षदेखि युएईमा हुनुहुन्छ । नेपाली साहित्य ,पत्रकारिता र समाजसेवामा सक्रिय शर्मा यस अघि इनास युएईको संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । भने हालै भएको अधिबेशनबाट उहाँ इनास युएईको संरक्षकमा मनोनयन हुनुभएको थियो । संस्थापक कार्यकालमा रूपमा उल्लेख काम गरेका शर्माले विभिन्न कार्यक्रम मार्फत इनास युएईलाई अब्बल सस्थाको रूपमा परिचीत गराउनु भएको थियो । १५१ जना प्रवासी गजलकारहरुको ऐतिहासिक संयुक्त गजल संग्रह प्रवासका अक्षरहरुको प्रकाशन, विविध साँस्कृतिक कार्यक्रम ,भूकम्प पीडितहरुलाई सहयोग लगायतका उल्लेख्य कार्यहरु उहाँकै कार्यकाल र योजनामा सफलता पुर्वक सम्पन्न भएका थिए । नेपाली कला ,संस्कृति ,साहित्यको विकास विस्तार र प्रवर्द्धनमा सक्रिय इनासको विश्वका करिब ६० भन्दा बढी र एसियामा ८ वटा देशमा आफ्नो सञ्जाल फैलिएको छ । एसियामा शाखा बिस्तार गर्न बाकी रहेका देशमा इनासको शाखा खोल्न उहाँको महत्त्वपूर्ण भुमिका हुने भन्दै इनास केन्द्रिय समितिले सबै जिम्मेवारी उहाँलाई सुम्पेको छ । प्रवासलाई कार्यक्षेत्र बनाएर स्थापना भएका नेपाली संघ संस्था मध्ये एनआरएन पश्चात् दोश्रो ठूलो सञ्जाल भएको इनासको महादेशीय हेर्ने संयोजकलाई महत्वपूर्ण जिम्मेवारीको रुपमा लिईन्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV