२५ भाद्र २०७३, शनिबार

प्रधानमन्त्री पुष्पकमल दाहाललाई कर्णाली जनअधिकार मञ्चले विरोध स्वरुप २० किलो चामल दिने भएको छ । बिहीबार संसदमा प्रधानमन्त्री दाहालले सम्बोधनका क्रममा कर्णालीवासीलाई जन्म र मृत्यु संस्कारमा २० किलो चामल दिने घोषणा गरेपछि विरोध स्वरुप मञ्चले २० किलो चामलनै प्रधानमन्त्रीलाई दिने भएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार कर्णालीको स्वास्थ्य, र समस्या समाधान गर्ने जस्ता विषयलाई सम्बोधनमा समाहित नगरिकन जन्म र मृत्यु संस्कारका लागि २० किलो चामल दिएर कर्णालीवासीको समस्यामाथि गिर खेल्न खोजेको भन्दै आरोप मञ्चको छ । शनिवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा कर्णाली जनअधिकार मञ्चले कर्णालीमा खाद्यान्नको अभावले समयसमयमा पिरोलिने गरेका कर्णालीवासीलाई प्रधानमन्त्री दाहालले उनीहरुको सहयोगार्थ कुनै नयाँ योजना सार्वजनिक होला भन्ने आशमा रहँदा उल्टै जन्म र मृत्युमा २० किलो चामल दिने उद्घोषले मर्माहत भएको जनाएको छ ।
पत्रकार सम्मेलनमा कर्णाली जनअधिकार मञ्चले प्रधानमन्त्रीको भनाईको विरोध गर्दै सरकारप्रति विभिन्न विरोध कार्यक्रमहरुको आयोजना गर्ने र भनाई फिर्ता लिन समेत चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV