
यहाँ आजदेखि मोबाइल एक्स्पो सुरु भएको छ ।
ललितपुर मलद्वारा आज यहाँ आयोजित प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनबहादुर शाहीले उद्घाटन गर्दै विज्ञ व्यक्तित्वलाई नेपालबाट पलायन हुन रोक्नु जरुरी रहेको र राष्ट्रिय आविष्कार केन्द्रलाई सम्पूर्ण नेपालीले सहयोग गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा सूचना प्रविधि अभियानकर्मी महावीर पुनले नयाँ सन्ततिलाई नेपालमै बस्ने वातावरण बनाउन आफूले केन्द्रको स्थापना गरेको जानकारी दिँदै प्रतिभावान्लाई नेपालमै रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
ललितपुर मलका अध्यक्ष नेपाल डङ्गोलले प्रत्येक मोबाइल बिक्रीबाट रु १० का दरले केन्द्रलाई सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदर्शनी आगामी असोज ३ गतेसम्म सञ्चालन हुने छ । रासस