२४ भाद्र २०७३, शुक्रबार

एम्बुलेन्समा सुविधा नहुँदा गम्भीर प्रकृतिका कतिपय बिरामी अस्पताल नपुग्दै ज्यान गुमाउन बाध्य हुन्छन् । तर पनि एम्बुलेन्सलाई मापदण्ड पूरा गराउनेतर्फ सरकारी अधिकारीले खासै चासो दिएको पाइदैन । चिकित्सकहरुले पनि नेपालमा चल्ने एम्बुलेन्सहरु बिरामीको लागि अनुकुल नभएको र मापदण्ड बिपरित रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

Image result for एम्बुलेन्स
नेपालका एम्बुलेन्सहरुको मापदण्डलाइ हेर्ने हो भने सामान्य ट्याक्सी र एम्बुलेन्समा खासै फरक पाइदैन पनि । नीतिमा एम्बुलेन्सको सेवा र सुविधा हेरेर क, ख र ग वर्गमा विभाजन गरिएको छ । तर सरकारी अस्पतालको समेत एम्बुलेन्सका सेवा र सुविधा वर्ग विहीन छन्। जीवनरक्षाका लागि अत्यावश्यक सेवा सुविधा भएका एम्बुलेन्सलाई ‘क’ वर्गमा, आधारभूत सुविधा भएको एम्बुलेन्सलाई ‘ख’ र सामान्य सुविधा भएकालाई ‘ग’ वर्गमा राखिएको छ । सञ्चालनमा रहेका एम्बुलेन्समा तोकिएका मापदण्डअनुसार औषधि, प्राथमिक उपचार, उपकरण तथा जनशक्ति छैनन् । एम्बुलेन्समा आबश्यक पूर्वाधार नै नहुँदा र मापदण्ड बिपरित हुँदा बिरामीको ज्यान झन् जोखिममा परेकोमा चिकित्सकहरुले नै असन्तुष्टि जनाएका छन् ।
देशभरि सञ्चालनमा रहेका एम्बुलेन्समा कम्तिमा जीवनरक्षाका लागि आधारभूत सुविधा हुनैपर्छ तर अधिकांशमा त्यस्तो व्यवस्था रहेको पाइदैन ।
दुर्घटनामा परेका, हृदयाघात, मस्तिष्कघातलगायतका बिरामीलाई अस्पताल पु¥याउने क्रममा एम्बुलेन्समा भएका सामान्य सुविधाले पनि बिरामीको जीवनरक्षा तथा स्वास्थ्य सुधारमा निकै सहयोग पु¥याउने गर्छ । सरकारले एम्बुलेन्स सञ्चालन नीति २०६० लागु गरेको छ । एम्बुलेन्स सेवालाई स्तरीय बनाउन तथा नियमित र भरपर्दो नियमन गर्ने छुट्टै नीति र संयन्त्र निर्माण पनि गरेको छ । तरपनि मापदण्डलाई लत्याउँदै विभिन्न कार्यमा प्रयोग गर्ने एम्बुलेन्सलाई कारबाही गर्न नियमनकारी निकायले चासो देखाएको पाइदैन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV