२४ भाद्र २०७३, शुक्रबार

डडेल्धुराको देवल दिव्यपुर गाविसमा रहेको प्रहरी चौकी परिसरामा बिहीबार बेलुकी भेटिएका दुईवटा सकेट बंम शुक्रबार नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।

Image result for बम डिस्पोज
प्रहरी चौकीको सरसफाईका क्रममा दुई वटा सकेट बम जमिन मुनी गाडिएको अवस्थामा फेला परेपछि नेपाली सेना र प्रहरीको संयुक्त टोलीले शुक्रबार निष्कृय पारेको प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले जानकारी दिनु भएको छ ।
प्रहरी चौकीको दक्षिण पट्टि रहेको भागमा सरसफाई गर्ने क्रममा पुरानो अवस्थामा रहेको दुईओटा सकेट बम भेटिएपछि डिस्पोजका लागि नेपाली सेनालाई आग्रह गरिएको र नेपाली सेनाको सुदरपश्चिम पृतनाबाट आएको बम डिस्पोज टोलीले निस्कृय पारेको हो ।
सकेट बम कसले र कहिले राखेको थियो भन्ने बारे भने कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

LIVE TV