२४ भाद्र २०७३, शुक्रबार

बर्ष भरी कागले छोएमा या कागले शरिरमा विष्ट्याएमा हुने अनिष्टवाट बच्न कागेश्वरी गई सुनको कागलाई हरीयो मकै चढाए अनिष्टवाट वच्न सकिन्छ भन्ने मान्यता रहेको छ । यसै मान्यता अनुरुप शुक्रवार भाद्र शुक्ल अष्टमीका दिन कागेश्वरी मनोहरा नगरपालिका १, गागलमा रहेको सुनको कागलाई पुजाआजा गरिएको छ । यस क्षेत्रमा सत्य यृुगमा सतीदेवीको अङ्ग पतन भएको र यहाँ कागेश्वर महादेव उत्पती भएको जन विश्वास रहेको छ । गोशाईकुण्ड गएका तिर्थयात्रीहरुले तिर्थयात्रा गर्दा ल्याएको जल यस मन्दिरमा ल्याएर चढाएमा आफनो मनोकामना पुर्ण हुने पनि जन विश्वास पनि रहेको छ । भने यहाँ आउने अधिकांश भक्तजनहरु कागको छुवाई बाट हुने अनिष्टवाट वच्नकोलागि दर्शन गर्न जाने गरेको वताउँछन् । बालकदेखि युवा र बृद्धबृद्धा सवै यस मन्दिरमा आफ्नो भक्तिभाव देखाउँछन् । शारीरिक रुपमा असक्त भए पनि मन्दिर दर्शनका लागि पुग्ने गरेका छन् ।
वर्षको १ पटक भाद्र शुक्ल अष्टमीका दिन लाग्ने यस मेलामा शुक्रवार करिव १ लाख दर्शनार्थीहरुले दर्शन गरेको अनुमान गरिएको छ । अघिल्लो बर्षहरुमा भन्दा यस वर्ष नयाँ भौतिक संरचना निर्माण गरिएको र यसले भक्तजनहरुलाईसहज बनाउने आयोजकको विश्वास छ ।
काठमाण्डौवाट करिव ढेड घण्टामा पुगिने यस क्षेत्रवाट काठमाण्डौ उपत्यकासमेत छर्लङ देखिन्छ । आन्तरीक पर्यटनको सम्भावना बोकेको कागेश्वरी मन्दिर परिसर उचित प्रचार प्रशार हुन नसकेका कारण अझै पनि ओझेलमा रहेको छ ।

LIVE TV