२४ भाद्र २०७३, शुक्रबार

नेपालमा उत्पादित अर्थात मेड इन नेपाल जुत्ताहरुले अहिले नेपाली खुट्टा खुट्टामा स्थान पाएको छ । विदेश जुत्तामा मात्र बढी विश्वास गर्दै आएका नेपाली उपभोक्ता अहिले भने नेपाली जुत्ताको शानमा नै रमाउन थालेका छन् । विदेशी जुत्ताको तुलनामा हेराईमा नै लोभ्याउन शैलीको जुत्ता निर्माण हुन थालेपछि विदेश जुत्ताको प्रभूत्व पनि नेपाली बजारमा घट्दो छ ।

Image result for नेपाली जुत्ता
नेपालमा स्वदेशी जुत्ता उद्योगका उत्पादनहरुले पछिल्लो समयमा बजारमा राम्रो स्थान जमाएका छन । नेपालमा बनेको मेड इन नेपाली जुत्ताका ब्राण्डका उपभोक्ताहरुको सख्या बढ्दो छ । नेपाली बजारमा अहिले स्वदेशी जुत्ताका ब्राण्डहरुले राम्रो पकड जमाउन थाले पछि मेड इन नेपालका जुत्ता चप्पलका बिभिन्न ब्राण्डहरु बजारमा देखिएका छन । नेपालमा व्यवसायिक रुपमा स्वदेशी जुत्ता उत्पादनको शुरुवात २०२१ साल तिर बासवारी छालाजुत्ता कारखानाबाट भएका हो । फुटवेयर मेनुफेक्चर्स एशोसिएसन अफ नेपालका अनुसार नेपालमा अहिले हजारौको सख्यामा साना ठुला ब्यवसाय तथा उद्योगहरु स्थापना भएका छन । नेपालको जुत्ता उद्योगमा करीव १५ अर्वको लगानी रहेको छ । स्वदेशी जुत्ता उद्योग तथा ब्यवसायमा करीव १ लाख ब्यक्तिहरुले प्रत्यक्ष रोजगारी पाएका छन । नेपाली फुटवेयर बजारमा करीव ६५ प्रतिशत हिस्सा स्वदेशी जुत्ता चप्पलको रहेको छ । बिदेशी जुत्ताको आयात प्रतिस्थापन गर्न स्वदेशी जुत्ता उद्योगहरु सफल बन्दै छन । स्वदेशी जुत्ता उद्योगका उत्पादनहरुको बिस्तार गर्न सरकारले स्वदेशी जुत्ता उद्योगको उत्पादनलाई आवश्यक नीति नियम र वातावरण आवश्यक भएको धारणा ब्यवसायीहरुको रहेको छ ।
नेपाली जुत्ता उद्योगहरु क्रमशः आत्मनिर्भर बन्दै छन । नेपाली जुत्ता उद्योगले मुलुकको कुल गार्हस्थ उत्पादनमा करीव १ प्रतिशत हिस्सा ओगटेको ब्यवसायीहरु बताउछन । स्वदेशी जुत्ता उद्योगका उत्पादनहरुले स्कुल तथा कलेजको युनिफर्ममा ठुलो हिस्सा ओगटेपछि ब्यवसायीहरु झनै दङ्ग छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV