२४ भाद्र २०७३, शुक्रबार

चर्चीत गायक राजेश पायल राईले राष्ट्रिय आविष्कार केन्द्र निर्माण अभियन्ता महावीर पुनलाई पचास हजार रुपैंयाँ सहयोग गरेका छन् । गायक राईले आफ्नै नयाँ कार्यालय नक्शालमा आबिस्कार केन्द्रका अभियान्ता पुनको हातमा रकम हस्तान्तरण गरेका हुन् । विज्ञान र प्रविधिका माध्यमबाट मुलुकलाई समृद्ध बनाउने उद्देश्यसहित पुन यतिखेर राष्ट्रिय आविष्कार केन्द्र निर्माणको लागी लागी परेका छन् ।

c006445ac2ac18a06f1daa918cfe2663090f657b
गायक राईले सरकारले गर्नुपर्ने काम पुनले एक्लै गरिरहेकोमा उनको कामलाई देखेर आफ्नो मन नथामिएकोले सहयोग गरेको बताउँछन् । साथै गायक राईले पुनको सपनालाई तथा लक्ष्यलाई पुरा गर्न सबै कलाकारहरुले गीत संगीतको कसर्टले होस या अन्य क्रियाकलापहरुले पनि आर्थिक सहयोग जुटाउने प्रतिबद्धता पनि ब्यक्त गरे ।
त्यस्तै अभियान्ता पुनले पनि गायक राजेश पायल राईले राष्ट्रिय आविश्कार केन्द्रका लागी दिएको सहयोगलाई महादान दिएको बताए । साथै अभियान्ता पुनले कलाकारहरुलाई राखेर राष्ट्रिय आविश्कार केन्द्रका लागी केही कार्यक्रमहरु गर्ने सोच रहेको जानकारी पनि दिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV