
प्रदीप,
प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा सम्बोधन गर्दै सरकारको योजनाको खाका सार्वजनिक गर्नुभएको छ । उहाँले पेश गर्नु भएको अधिकांश योजनाहरु लोकप्रिय छन् भने केहि महत्वाकांक्षीका पनि देखिएका छन् । पूर्व प्रधानमन्त्री केपी ओलीको सरकारले ल्याएको केहि विषयले समेत प्राथमिकता पाएको छ भने केहि नयाँ योजना थपिएको छ ।
केहि महिना अघि पूर्व प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ल्याएको योजना होस् या पुष्प कमल दाहाल नेतृत्वको सरकारले विहीबार प्रस्तुत योजना हुन् । जनता सधै आशा र भरोषामै रहेका छन् । करिव एक घण्टा लामो सम्बोधनलाई दाहालले ४८ ओटा बुँदामा समेटनु भएको छ भने केही बुँदा बाहेक सबै बँुदामा महत्वकांक्षी घोषणा गरिएको छ । सरकारको नीति तथा कार्यक्रम जस्तो झल्को दिने गरि आएको कार्यक्रमका केहि बुँदाहरु निकै नै हास्यास्पद देखिदा केही आशावादी पनि ।
प्रधानमन्त्री दाहालले खानी उत्खनन गर्ने र मिसावट,मूल्यवृद्धि,कालोबजारी, अभाव र ठगीविरुद्धको कदम चाल्ने जनताको लगानीमा जनतालाई विद्युत अभियान, नेपालको आफ्नै भू उपग्रह, राष्ट्रिय गौरवका आयोजनाहरुको नियमित अनुगमन जस्ता पुरानै कार्यक्रमहरु दोहो¥याउनु भएको छ । त्यसैगरी प्रधानमन्त्री दाहालले केहि नयाँ महत्वाकांक्षी कार्यक्रमहरु पनि सार्वजनिक गर्नुभएको छ । छ महिना भित्र ठूला सहरमा एक सय ठूला बस, ट्याक्सीमा कम्युटर विल प्रणालीको कार्यक्रमको घोषणा गर्नुभएको छ । सातै प्रदेशमा एक विश्वविद्यालय, मेडिकल कलेज, प्र्रधानमन्त्री आवास योजना, पुनस्थापना केन्द« लगायतका विषय पनि उल्लेख गरिएको छ ।
प्रधानमन्त्री दाहालले सम्बोधनमा ल्याएका कार्यक्रम र योजनाहरुको विषयमा प्रतिपक्षी दलले भने असन्तुष्ट जनाएका छन् । राष्ट्रपति मार्फत संसदमा पेश भइसकेको नीति तथा कार्यक्रम र बजेट निष्काशनलाई कार्यान्वयनमा नल्याइ नया योजना सार्वजनिक गर्नु गलत भएको एमालेको धारणा रहेको छ ।
प्रधानमन्त्री दाहालको सम्बोधनले पूर्व प्रधानमन्त्री ओलीको सरकारले ल्याएका कार्यक्रमका योजना कार्यान्वयन हुने हुन् या नयाँ भन्ने प्रश्न शुरु भएको छ । कार्यक्रमहरु आउनु र त्यसलाई भाषणमा मात्र सीमित गर्नुभन्दा पनि आएका कार्यक्रमलाई कार्यान्वयन गराएर जनतामाझ आफनो विश्वास दिलाउन सरकार सफल हुनुपर्छ