२३ भाद्र २०७३, बिहीबार

नेपाल मेडिकल एशोसिएशनको आगामी नयाँ नेतृत्वको लागि चुनाब भैरहेको छ । भदौ १७ बाट उपत्यका बाहिर सुरु भएको चुनाब अहिले उपत्यकामा संचालन भैरहेको छ । आफ्नो पेसागत संगठनको नेतृत्व चयन गर्न पाउँदा चिकित्सकहरु उत्साहित भएका त छन् । बर्षौ देखि पेशागत संगठन भन्दा पनि पार्टीगत संगठन जस्तो भएको भन्दै मतदानमा समेत चलखेल हुने गरेको प्रति चिकित्सकहरुले आपत्ति जनाएका छन् ।

Image result for चिकित्सक संघको निर्वाचन
आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयनका लागि नेपाल मेडिकल एशोसिएशनको चुनाव उपत्यका र जिल्ला गरी दुई चरणमा हुने तालिका अनुसार उपत्यका २१ भदौ देखि चुनाब भैरहेको छ यस अघि भदौ १७ र १८ गते उपत्यका बाहिरको चुनाव भइसकेको छ । नेपाल मेडिकल एसोसिएसनले मतदानमा चलखेल गरि जाली मत समेत खस्ने र चुनाबमा चलखेलको प्रयास समेत गरेको चिकित्सकहरुले बताएका छन् ।
प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर रानामगरले भने चुनाब मा कुनै चलखेल नभएको र सौर्हाद्र्ध र शान्तिपूर्ण बातावरणमा चुनाब भइरहेको दावी गर्नुभयो ।
प्रजातान्त्रिक समुहका अध्यक्षका उमेदवार डा मुक्ति श्रेष्ठले पनि चुनाब सदभावपूर्ण बतावरणबाट अगाडि बढिरहेको बताउनु भयो
महासचिबमा स्वतन्त्रका उमेद्वार डा पुष्पमणि खरालले संघ पार्टीगत संगठन जस्तो भएकोले पेशागत हक हितमा काम गर्न नसकेको बताउनु भयो
नेपाल चिकित्सक संघको नयाँ नेतृत्वका दुई चरणको निर्वाचनमा प्रजातान्त्रिक चिकित्सक समूह र पेसागत समावेशी चिकित्सक समूह प्रतिस्पर्धामा छन्। विसं २००७ मा स्थापित सङ्घमा अहिलेसम्म प्रजातान्त्रिक प्यानलले चुनाव जित्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV