२३ भाद्र २०७३, बिहीबार

स्थानीय स्तरमा हुने विपदको व्यवस्थापन तथा उद्धारका लागि दाङ जिल्लाका केहि गाविसहरुलाई स्रोत साधन सम्पन्न बनाइने भएको छ । दातृ निकायको सहयोग तथा नेपाल रेडक्रस सोसाइटीको व्यबस्थापनमा दाङका केहि गाविसलाई विपदको लागि स्रोत साधन सम्पन्न बनाउन लागिएको हो ।

dang-%e0%a4%a6%e0%a4%be%e0%a4%99
पहिलो चरणमा दक्ष जनशक्ति निमार्ण गरिएको र दोस्रो चरणमा स्रोत साधन उपलब्ध गराउन थालिएको सहयोगी संस्था नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । नेपाल रेडक्रस र नेपाल सरकारको समन्वयमा सञ्चालन भएको विपत पूर्व तयारी तथा प्रतिकार्य क्षमताबृद्धि – डिपेको ८ कार्यक्रम अन्र्तगत पहिलो चरणमा स्थानीय स्तरमा गाविसमा ७२ जना सामुदायिक उद्धार कर्ता निमार्ण गरिएको र त्यो जनशक्तिलाई आवश्यक स्रोत साधन उपलब्ध गराउन थालिएको कार्यक्रम अधिकृत सन्तोष ढकालले जानकारी दिनुभयो ।
यसै बीच पवननगर गाविसलाई उद्धारका लागि आवश्यक विभिन्न ७२ सेट उद्धार सामग्री प्रदान गरिएको छ । पवननगर गाविस कार्यालयमा एक कार्यक्रमको आयोजना गरि स्थानीय विपद व्यवस्थापन समितिका संयोजक तथा गाविस सचिव हुमलाल न्यौपानेलाई हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV