२३ भाद्र २०७३, बिहीबार

केही दिन यता सुन महंगो बन्न थालेको छ । केही महिनादेखि नबिकेको बैंकहरुसँग रहेको सुन धमाधम बिक्न थालेपछि सुन महंगिन थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Image result for सुन
सुनको भाउ बढे पनि विहीवार सुनको भाउ भने स्थिर रहेको छ । विहिवार सुन तोलाको ५९ हजार १ सय रुपैयाँमा कारोवार भएको छ । बजारमा अवैधानिक तवरले सुन भित्रिने क्रम बढेपछि बैंकमा सुन थुप्रिएको थियो । अवैधानिक सुन सस्तोमा किनेर सस्तोमा बेच्दा व्यापार बढि हुने लोभमा सुन व्यापारीहरुले पनि बैंकबाट सुन लिन छाडेका थिए । पछिल्लो समय भने अवैधानिक सुन आयातमा कडाइ गर्न थालेपछि बैंकको सुन बिक्रि हुन थालेका छन् भने केही समयदेखि स्थिरजस्तै रहेको सुनको भाउमा पनि घटबढ हुन थालेको छ । विहीवार तेजावी सुन तोलाको ५८ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै विहीवार चाँदी भाउ ८ सय ९० रुपैयाँमा कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV