२३ भाद्र २०७३, बिहीबार

काठमाडौँ, भदौ  गते ।  निर्माण हुँदाहुँदै रोक लगाइएको काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण पुनः थालिने भएको छ ।  ऐतिहासिक सम्पदा पुनःनिर्माण गर्दा हुनुपर्ने मापदण्डविपरीत निर्माण भएको भन्दै पुरातìव विभागले केही साताअघि निर्माणमा रोक लगाएको थियो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातìव विभाग र काठमाडौँ महानगरपालिकाका प्रमुखको बैठकले परम्परागत लोड वियरिङ सिस्टमबाट नै उक्त ऐतिहासिक सम्पदा पुनःनिर्माणको कार्य अघि बढाउने सहमति भएको पुरातìव विभागका निर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो ।  अब बन्ने मन्दिरको नक्सा पुरातìवले आफै बनाएर महानगरपालिकालाई उपलब्ध गराउने छ ।
गत माघ २ गते भूकम्प स्मृति दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गर्नुभएको उक्त मन्दिरको पुनःनिर्माणमा ढिलाइ हुन नहुने भन्दै प्राधिकरणले छिटो निर्माण कार्यलाई अगाडि बढाउन सरोकारवाला निकायलाई निर्देशन दिएपछि प्राधिकरणकै रेखदेखमा मन्दिरको पुनःनिर्माण पुनः सुरु हुने भएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताउनुभयो ।
भूकम्पका कारण क्षति पुगेको ऐतिहासिक रानीपोखरी र त्यसको बीचमा रहेको मन्दिर पुनःनिर्माण गर्नका लागि वल्र्डवाइड कँडेल, केएन केजीले जिम्मा पाएको थियो ।  उक्त कम्पनीले काठमाडौँ महानगरपालिकामार्फत करीब छ करोड २९ लाख रुपियाँमा रानीपोखरी पुनःनिर्माणको ठेक्का पाएको थियो ।  त्यसमध्ये हालसम्म करीब डेढ करोडबराबरको काम भइसकेको दाबी गरेको छ ।   – -गोरखापत्र

प्रतिक्रिया दिनुहोस्
LIVE TV