२२ भाद्र २०७३, बुधबार

खानेपानी सफा नहुँदा उपत्यकाबासी धेरै रोगहरुबाट पीडित भएका छन् । उपत्यकाबासीमा देखिएका अधिकांश रोगको कारक नै खानेपानी रहेको चिकित्सकहरुले बताएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाले यस बर्ष हैजा देखिएका स्थानहरुमा पानीको स्रोतको जांच गर्दा पानी प्रदुषित पाइएको जनाएको छ । पानी उमालेर वा सुद्धिकरण गरेर मात्र पिउन महाशाखाले आब्हान गरेको छ ।

Image result for पानी
अन्य देशमा हैजा, प्रदूषित खाना र पानीबाट फैलिने भए पनि नेपालमा प्रदूषित पानी नै मुख्य कारक रहेको छ । फिल्टर गरेको वा जारको पानी होइन भकभकी उमालेको पानी सेवन गर्नु स्वास्थ्यका लागि अनिवार्य छ । विगत १० वर्षदेखि उपत्यकामा हैजा देखिँदै आएको छ । काठमाडौँ र ललितपुरमा गरि १ सय ३७ जनामा यो रोगको जिवाणु भेटिएको छ । हैजा मात्र होइन उपत्यकामा अरु धेरै रोगको कारक समेत खानेपानी रहेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपत्यकामा हैजा देखिएका बिभिन्न स्थानको खानेपानीको स्रोत जांच गर्दा पानि प्रदुषित पाइएको बताएको छ । १२९ पानीको नमुना जांच गर्दा ९० प्रतिशत पानीमा कोलिफोम पाइएको थियो । कोलिफोम भनेको पखाला लाग्ने ब्याक्टेरिया जसले हाम्रो स्वास्थ्यमा गम्भीर असर गर्छ । साना बालबालिकाको कोलिफमले ज्यान समेत लिने गरेको छ । उपत्यकाको खानेपानीको स्रोतहरु ट्यांकर, जार, ढुंगेधारा, स्टोर गरेको पानी सर्वत्र प्रदुषित पाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्र महाशाखालेव जनाएको छ ।

पानि सुद्दिकरण र उपत्यकामा बिक्री भैरहेका पानीको अनुगमन गर्ने कार्य आफ्नो क्षेत्र अधिकार भित्र नपर्ने भए पनि खाने पानी प्रदुषित हुँदा बिभिन्न रोगको कारक बनेकोले गम्भीर समस्या भएको माहाशाखाले जनाएको छ । पछिल्लो समयमा काठमाण्डौंको मातातिर्थ, चोभार लगायत ट्यांकरमा पानी बिक्री गर्नेहरुले पानीको स्रोत मध्ये चार सय वटा इनारमा क्लोरिन राख्ने काम गरिरहेको महाशाखाले जनाएको छ । धेरै जसो ब्यपारीहरुले पानीको सुद्दिकरणमा ध्यान दिएका छैनन् । सम्बन्धित निकाय मौन रहने र उपभोक्ताहरु पनि सचेत नहुँदा अधिकांश उपत्यकाबासी प्रदुषित पानी पिउन बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV