२२ भाद्र २०७३, बुधबार

गत सोमवार राति विराटनगरमा भएको विभत्स हत्या काण्डका तीन जना अभियुक्तहरुलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा पिप्राका २२ वर्षीय राकेशकुमार यादव, सिरहा सोठिआइनका १७ वर्षीय कृष्णकुमार यादव र सप्तरी महुवा दुधैलाका १७ वर्षीय जितेन्द्र कुमार साह रहेका छन् ।

pakrau
अभियुक्तहरुलाई भारत तर्फ भाग्दै गरेको अवस्थामा सिमाक्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । मंगलबार बिहान विराटनगर वडा नं. १३ शान्ति चोक स्थित ओमकार श्रेष्ठको भुइतलामा सुनसरी औराबनीका १९ वर्षीय विनोद यादवको शव तीन टुक्रा पारेको अवस्थामा फेला परेको थियो । मृतक अक्सफोर्ड होम नामक होस्टल संचालक थिए । साथी साथीबीच विवादका कारण उनको हत्या भएको अनुमान गरिएको मोरङका प्रहरी उपरीक्षक सन्दिप भण्डारीले बताउँनुभयो ।
अभियुक्तहरुको साथबाट एक थान कटुवा पेस्तोल, एउटा कट्टी र ८ थान मोबाइल सेट बरामद गरिएको प्रहरीले जनाएको छ । अभियुक्तहरुको थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

LIVE TV