२२ भाद्र २०७३, बुधबार

बागलुङकको ढोरपाटनको आलु विदेश निर्यात गर्ने तयारी भैरहँदा उत्पादनमा भने कमी आएको किसानहरुको दुखेसो छ । ढोरपाटनको आलुको स्वाद राम्रो भएकोले फ्रान्समा यसको माग बढी भएकोले गुणस्तर परीक्षण गरि निर्यात गर्ने तयारी गर्रिको हो । तर निरन्तरको बर्षा र वन्यजन्तुको कारण आलु उत्पादनमा भने कमी आएको कृषकहरुले बताएका छन् ।

Image result for ढोरपाटनको आलु

बेमौसममा समेत उच्च गुणस्तको आलु उत्पादन हुने ढोरपाटनमा यो बर्ष निरन्तरको बर्षाले गर्दा आलुमा उत्पादनमा कमिआएको कृषक धनी बिकले बताए । उनका अनुसार सिकार आरक्षबाट आउने वन्यजन्तुले समेत आलु उत्पादनमा समस्या पारेको छ । बिषेश गरि बँदेलले रातिको समयमा आएर आलु सबै उखेल्ने भएकाले जाग्रम बस्नु परेको बिकले बताए ।

ढोरपाटनमा उत्पादन हुने स्थानीय आलुको बजार समस्या नभएको कृषकहरु बताउँछन् । अहिले प्रतिकिलो कम्तीमा ४० रुपैयाँदेखि ७० रुपैयाँभन्दा बढीमा यहाँको आलु बिक्री हुँदै आएको छ । करिब २ हजार हेक्टर क्षेत्रफलमा आलु खेती गरेका किसानहरु अन्तराष्ट्रिय बजार सम्म आलु पुग्ने भएपछि उत्साहित भएका थिए । अन्तराष्ट्रिय बजारमा मूल्य समेत राम्रो पाउने आशा राखेका उनीहरुले सोचे जति आलु उत्पादन नहुदाँ निराश बनेका छन् ।

आलु उत्पादनमा कमि आए पनि गुणस्तरमा भने कुनै असर नपुगेको स्थानीय कृषक दिलबहादुर बिकले बताए । तर जिल्ला कृषि विकास कार्यालयले भने ढोरपाटनको कुनै भागमा केही मात्रा उत्पादनमा कमी आए पनि अन्यत्र भने उत्पादनमा असर नपरेको जनाएको छ । ढोरपाटनका केही क्षेत्रबाहेक अधिकारी चौर र ताराखोलामा पनि आलु उत्पादन राम्रो भएको वरिष्ठ कृषी विकास अधिकृत बिनोद हमालले जनाए । अग्र्यानिक सर्टिफिकेशन गरेर विदेश निर्यातको लागि अहिले आलु परीक्षणमा राखिएको हमालले बताए । साथै अग्र्यानिक सर्टिफिकेशनका लागि कृषकहरुलाई खन्नु पूर्व तालिम दिएको र आलुको स्तर अनुसार प्याकिङको लागि १ हजार बोरा ढोरपाटन, २ हजार ताराखोला पठाइएको पनि उनले बताए ।

परिक्षणमा सफल भए पहिलो चरणमा ढोरपाटनको आलु हिमालयन आलुको ब्रान्डमा फ्रान्समा निर्यात गर्ने प्रक्रिया चलिरहेको कृषि कार्यलयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV