२२ भाद्र २०७३, बुधबार

सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले आफू कर्मचारी सरूवा तथा बढुवाको कुनै प्रलोभनमा नफस्ने वताउनुभएको छ । उहाँले योग्यता र क्षमताको आफूले सदैव कदर गर्ने बताउँनुभयो ।

Image result for प्रशासनमन्त्री केशवकुमार बुढाथोकी
न्यूज २४ को नियमित प्रस्तुति इस्यु अफ द डे मा मन्त्री बुढाथोकीले आफूलेृ कुनै स्वार्थवस कर्मचारीतन्त्रलाई नचलाउँने स्पष्ट पार्नुभएको हो । हाल ८५ हजार निजामती कर्मचारीहरु रहेको उल्लेख गर्नुहुँदै मन्त्री बुढाथोकीले प्रशासनिक पूर्नसंरचना गर्दा कर्मचारीहरुलाई उपर्युक्त स्थान दिइने वताउनुभयो ।
मन्त्री बुढाथोकीले प्रशासनिक पूर्नसंरचनाको प्रस्ताव चाँडै पेश गर्ने जानकारी समेत दिनुभयो । अहिलेको सरकारको मुख्य उद्देश्य संविधान कार्यान्वयन गर्नु रहेको बताउँदै उहाँले यसका लागि तीन चरणको निर्वाचन समयमै सम्पन्न गर्नुपर्ने धारणा राख्नुभयो ।
अपाङगता भएका कर्मचारीहरुलाई रोजेको ठाउँमा काम गर्न दिइने बताउँदै उहाँले कुशल कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने कार्यको थालनी समेत गरिने बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV