२२ भाद्र २०७३, बुधबार

प्रधानमन्त्री पुष्पकमल दाहाले आफ्नो आसन्न भारत भ्रमणका विषयमा परामर्शमा व्यस्त रहनुभएको छ । वुधवार अपरान्ह परराष्ट्रविज्ञसँग छलफल गर्नुभएका प्रधानमन्त्री दाहलले त्यस लगत्तै उद्योगी ब्यवसायीसँग समेत परामर्श गर्नुभएको छ ।

1470219170_pushpa-kamal-dahal
प्रधानमन्त्री दाहालले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा उद्योगी ब्यवसायी र परराष्ट्रबिज्ञसँग छुट्टा–छुट्टै छलफल गर्नुभएको हो । उहाँले आफ्नो भारत भ्रमणको एजेन्डा तय गर्न पूर्व परराष्ट्रमन्त्री, पूर्व राजदुतहरु र बुद्धीजिवीहरुसँग छलफल गर्नुभएको हो । प्रधानमन्त्रीसँगको छलफलमा अधिकांश परराष्टविज्ञहरुले भारत भम्रणका बेला जनचाहना बिपरितका सम्झौता नगर्न आग्रह गरेका छन् । यसका साथै उनीहरुले बहुचर्चित सडक आयोजना फास्टट्रयाकको ठेक्का लगायत ठूला प्रकृतिका राष्ट्रिय महत्व बोकेका पूर्वाधार विकासका आयोजनाहरुमा सम्झौता नगर्न समेत सुझाव दिएका छन ।
उद्योगी व्यवसायीहरुले प्रधानमन्त्री दाहाललाई नेपालमा उर्जा, कृषि, पर्यटन लगायतका क्षेत्रमा लगानी भित्राउनुका साथै नेपालको विकास निर्माणमा सहयोग जुटाउने विषयमा भ्रमण केन्दित गर्न सुझाव दिएका छन् । छलफलपछि प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा देशलाई अहीत हुने कुनै सम्झौंता नगर्ने प्रष्ट पार्नुभयो । उहाँले भारतसँग यसअघि सम्झौता भएका पूराना र अधुरा रहेका योजनाहरु पूरा गर्नेतर्फ आफ्नो ध्यान केन्द्रीत हुने समेत स्पष्ट पार्नुभयो ।
उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधीले प्रधानमन्त्रीको भारत भ्रमणको वातावरण बनाएर फर्किएपछि प्रधानमन्त्री दाहाल विज्ञहरुको सुझाव लिनमा व्यस्त हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV