
संयुक्त राष्ट्रसङ्घ मानवीय सहायता मामिला हेर्ने संस्था ९ओसिएचए० ले सिरियाको मध्यक्षेत्रमा सरकार तथा विद्रोही बीच भएको द्वन्द्वका कारण अगष्टको अन्त्यदेखि सेप्टेम्बरसम्म एक हप्ताको समयमा करिव एक लाख मानिस विस्थापित भएका बताइएको छ ।
ओसिएचएको शिविर व्यवस्थापन समूहका अनुसार हामा प्रान्तमा भएको युद्धका कारण विथापित बनेको झण्डै आधा मानिस भागेर छिमेकी राज्य इदलिवमा पुगका छन् ।इदलिवमा पुगेका हामावासीहरुका कारण शिविरहरुमा बस्ने ठाउँको अभाव भएको छ । उनीहरु खुला आकाशमा रात विताउन बाध्य भएका ओसिएचएले जनाएको छ ।
मङ्गलबार गरिएको राष्ट्रसङ्घको पछिल्लो सूचना अनुसार राष्ट्रसङ्घले अति आवश्यकीय खाद्यान्न तथा अन्य सामानसहित आफ्ना प्रतिनिधिलाई हामामा एक समूहलाई पठाएको छ । उक्त प्रतिनिधिमिण्डलले हामाको मानवीय अवस्थालाई अध्ययन गरिरहेको बताइएको छ ।
ओसिएचएले हामा क्षेत्रमा दर्जनौ विद्यालय र चारवटा मस्जिदलाई अस्थायी शिविरका रुपमा प्रयोग गरिएको बताएको छ ।अतिवादी इश्लामिक समूहका लडाकू हामा प्रान्तको उत्तर क्षेत्रमा अघि बढेपछि सरकारी सेनासँग भएका भीडन्तमा उक्त अवधिमा सयौँ मानिसले ज्यानसमेत गुमाएका छन् । रासस÷एपी