
ओस्कार अवार्डको लागी फिल्म ‘कालो पोथी’छनौटमा परेको छ । बिश्वकै प्रसिद्ध उक्त अवार्डको लागी तीन फिल्महरु को–आफ्नो, प्रशुपति प्रसाद र कालो पोथीले नाम दर्ता गराएका थिए । बिदेशी भाषी सर्बोत्कृष्ठ छनौट समितीले फिल्म ‘कालो पोथी’लाई ओस्कार अवार्डमा सहभागी गराउने फैसाला गरेको हो । ‘कालो पोथी’ फिल्ममा मुगुको एक गाउँमा बस्ने २ जना बालक र उनीहरुको रोचक कथालाई यो चलचित्रमा प्रस्तुत गरिएको छ । फिल्मलाई मिन बहादुर भामले निर्देशन गरेका हुन् ।
विश्वकै प्रतिष्ठित ‘अस्कर अवार्ड’को ८९ औ संस्करण सन् २०१७मा आयोजना हुनेछ । अवार्डका लागि पुग्ने स्तरिय दर्जाका सिर्जनाहरुमा रहेका प्राविधिक पक्ष, कथाकोे प्रस्तुती पक्ष, चरित्रहरुको भावनात्मक विश्लेषण तथा प्रस्तुतीको कलात्मक बनोट आदिलाई ध्यानमा राखेर यो बर्षको सफल चलचित्र ‘कालो पोथी’ अस्कर अवार्ड अन्र्तगत रहेको ‘विदेशी भाषी चलचित्र’को विधामा प्रतिस्पर्धा गर्नका लागि नेपालबाट छनोट गरीएको हो ।