२१ भाद्र २०७३, मंगलवार

आर्ट काउन्सिलका भित्तामा टाँसिएका हरेक फोटोले नेपाल बोल्थ्यो । नेपाल र नेपालीकोे वास्तविकता वोल्थ्यो । हेरुँ हेरुँ लाग्ने, ती तस्विरहरुले एक वर्षीय यथार्थको् फेहरिस्त प्रस्तुत गरे जुन पिजे क्लबका सदस्यहरुको क्यामेरामा कैद भएका थिए । हाँसो, खुशी, प्रेम, प्रणयका साथै भुकम्पवाट बचेका प्राण र परिणाम दुरुस्त उतारेका प्रदर्शनी सम्पन्न भएको छ । यद्यपि, मानवीय संवेदनालाई मुसारिरहेको छ, तस्विरले अझैपनि ।

1473170737814_RoS_KTM_160906_IMG1 (1)
पचास वर्षको व्यवसायिक अनुभव संगालेका आनन्दराज श्रेष्ठ पनि हतारिदै आए भाद्र २१ गते । अर्थात फोटो प्रदर्शनीको अन्तिम दिन मंगलवार । म्यानुअल फोटोग्राफी गरेका उनीसँग हङ्कङमा धुलाई गर्नुपर्ने वाध्यतालगायतका अनुभव छ । तर डिजिटल जमानालाई पनि पछ्याइरहेका छन् । मुुलुकको चीत्रण गरिएका यी तस्विरहरु पिजे क्लबले प्रदर्शनीमा राखिएका हुन् । मंगलवार फोटो प्रदर्शनीको अन्तिम दिन दर्शकहरुको भीड उल्लेख्य थियो । युवायुवती या वृद्धवृद्धा । सर्वसाधारणदेखि नेतासम्म ।
भग्नावशेषमा प्राण धानिरहेका यी तस्विरहरुले भुकम्पपश्चातको परिणामको प्रतिनीधित्व गर्दछन् । भुकम्पमा ढलेका सम्पदाहरुको पुननिर्माण हुन सकेको छैन, पिडितले राहत पनि पाउन सकेका छैनन् तर पिडितको उद्धारका लागि भएका प्रयासहरु भने उदाहरणीय छन् ।
तस्विरमा कारुणिकता मात्र उतारिएको छैन, पशुपक्षीवीचको प्रेम र प्रणय, ६८ वर्षीय वृद्ध विद्यार्थी दुर्गाको दैनिकीलाई प्रस्तुत गरिएको छ । वैदेशि रोजगारका क्रममा ज्यान गुमाएका एक दलित प्रति गैर दलितको दायित्व, हिमाली र ग्रामीण क्षेत्रको वास्तविकता कैद भएका फोटोहरुले प्रदर्शनीलाई रोचक बनाएको अवलोकनकर्ताहरुको भनाई छ ।
भाद्र १६ गतेवाट शुरु भएको प्रदर्शनी हजारौले अवलोकन गरेको आयोजकले जनाएको छ । नेपालीहरुको दैनिकी, खेलकुद, संस्कृति तथा पर्याटन, खेलकुद, प्रकृति र वन्यजन्तुलगायत विधाका १ सय ५० वटा फोटोहरु राखिएको तस्विरले प्रभाव, अभाव, राहत, आहतका साथै मुलुकको वास्तविकता झल्काइएको थियो । ०००

प्रतिक्रिया दिनुहोस्
LIVE TV