२१ भाद्र २०७३, मंगलवार

गएको दुई वर्ष यता पर्बतमा ट्राफिक सक्रिय देखिएको छ । आफ्नो सक्रियताकै कारण सवारी दुर्घटनामा कमी आएको दाबी समेत ट्राफिकको छ । ट्राफिक सक्रियताकै कारण चार बर्षको तथ्याङकमा जिल्लाभर सवारी दुर्घटना, कारवाही र ट्राफिक नियम उल्लघनमा कमी आएको निष्कर्ष निकालिएको छ ।

ट्राफिकको लागि तस्बिर परिणाम
पर्बतमा ट्राफिक सक्रियता बढ्संगै सबारी चालक, यात्री र पैदलयात्री समेतमा ट्राफिक नियमबारे चेतना बृद्धि भएको छ । पछिल्लो चार बर्षको तुलनामा सवारी दुर्घटना, ट्राफिक नियम उल्लघन गर्नेको सख्या घटेको हो । चार बर्ष यता छिटपुट दुर्घटनामध्ये मानवीय त्रुटिले भएका दुर्घटनाको संख्या न्युन रहेको ट्राफिक कार्यलयको दावी छ । मानवीय कारणले दुर्घटना नभएपनि गत बर्ष १६ दुर्घटनामा ४ जनाले ज्यान गुमाए भने यस बर्ष १७ दुर्घटनामा ४ पुरुष २ महिला र १ बालक गरी ७ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरी कार्यलय पर्बतले जनाएको छ । त्यसै गरी १७ जना गम्भीर घाईते १३ पुरुष २ महिला र २ बालिका रहेको ट्राफिक प्रमुख महेन्द्र रानाभाटले जानकारी दिनुभयो ।
०७१–७२ मा ट्राफिकले ९ हजार ६ सय ७४ सवारी कारवाहीबाट ३४ लाख १८ हजार तीनसय ५० रुपैया राजस्व संकलन गरेको थियो । त्यो वर्षका १६ दुर्घटनामा ४ को मृत्यू र ४० घाइते भएका थिए । ०७२–७३ को अन्त्यसम्ममा सवारी कारवाहि राजस्व र सवारी दुर्घटनामा कमी आउनुमा ट्राफिक सक्रियता र त्यसको प्रभाव मुख्य रहेको ट्राफिकको दाबी छ ।
०७२–७३ मा ५७ सय ४९ सवारी कारवाहीबाट २७ लाख ५० हजार चार सय राजस्व संकलन गरेको ट्राफिक कार्यलय पर्बतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV