२१ भाद्र २०७३, मंगलवार

सशस्त्र द्वन्द्वकालमा सर्वसाधरणलाई यातना दिएको अभियोगमा बेलयातमा मुद्दा खेपिरहेका नेपाली सेनाका कर्णेल कुमार लामा निर्दोष सावित हुनु भएको छ । लामो समयदेखि बेलायतमा मुद्दा खेपिरहनु भएका लामालाई लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्टले निर्दोष सावित गरेको हो ।

नेपाली सेनाका कर्णेल कुमार लामाको लागि तस्बिर परिणाम
ओल्ड बेली क्रिमिनल कोर्टको जस्टीस स्वीनी सहितको १२ सदस्यीय जुरीले लामालाई दुवै आरोपवाट सफाई दिने निर्णय सुनाएको हो । मुद्दाको अन्तिम फैसला आउने अपेक्षा गरिएता पनि पटक पटक बसेको जुरी कुनै पनि निष्कर्षमा पुग्न नसकेपछि उहाँको आरोप पुष्टि हुन नसकेको भन्दै उहाँलाई निर्दोष सावित गरिएको हो ।
कर्णेल लामा कपिलबस्तुस्थित एक सैनिक ब्यारेकमा कार्यरत रहँदा आफुलाई चरम यातना दिएको भन्दै करम हुसेन र जनकबहादुर राउतले उहाँ बिरुद्ध मुद्दा दायर गरेका थिए । लामाले साढे ३ वर्षदेखि बेलायतमा मुद्दा खेपिरहनु भएको थियो ।

LIVE TV