२१ भाद्र २०७३, मंगलवार

नारायणी जग्गा तथा आवास व्यवसायी संघले निर्वाधरुपमा जग्गाको किनवेच गर्न पाउनुपर्ने माग गर्दै चितवनका प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपज्ञ वुझाएको छ । केहीदिन पहिले प्रमुख जिल्ला अधिकारीले स्थानीय मालपोत र नापी कार्यालयलाई सहरी योजना तथा भवन निमार्ण सम्वन्धी आधारभूत मापदण्ड २०७२ कार्यान्वयन गर्न निर्देशन दिएपछि नापीले कित्ताकाट नै रोकेको छ ।

चितवनका जग्गाको लागि तस्बिर परिणाम
कित्ताकाट रोकिदा चितवनमा घरजग्गाको कारोवार प्राय शुन्य भएको भन्दै व्यवसायीहरुले प्रशासन गुहारेका हुन् । संघका कार्यवाहक अध्यक्ष तेजवहादुर काकीले ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहलाई हस्तान्तरण गर्दै यो निर्देशनले सर्वसाधारणले एक टुक्रा घडेरी समेत किन्न नपाएकोले तत्काल पुनविचार गर्न आग्रह गर्नुभयो । ज्ञापनपत्रमा हचुवाको भरमा सम्वन्धित सरोकारवाला निकायसंग छलफल नै नगरी मापदण्ड ल्याइएकोले लागु हुन नसक्ने चेतावनी दिइएको छ । प्लानिङ परमिट लागु हुन पूर्व खोलिएका प्लटिङमा समेत २०७२ को मापदण्ड कुनैपनि हालतमा लागुगर्न नसकिने तर्क व्यवसायीहरुको रहेको छ । चितवनमा पछिल्लो समय प्लटिङका नाममा खेतियोग्य जमिनका धमाधम डोजर लगाई अन्धधुन्दरुपमा प्लानिङ गर्न थालेपछि स्थानीय प्रशासनले नियमनमा कडाई गरेको हो । नारायणी जग्गा तथा आवास व्यवसायी संघमा हाल २ सय ७० व्यवसायी आवद्ध छन् । तर अन्य सयौं व्यक्तिले आफूखुशीले समेत जग्गा प्लालिङ गरी आफु अनुकुल विक्रिवितरण गरिरहेका कारण चितवनको भूमि खण्डिकरण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV