२१ भाद्र २०७३, मंगलवार

स्थानीय तहको पुर्नसंरचनामा स्थानीय चाहना विपरित गाउँपालिका विभाजन गरिएको भन्दै बागलुङका ५ गाविसले विरोध जनाएका छन् । स्थानीय संरचनामा स्थानीयको जनभावना विपरीत गाँउपालिका र नगरपालिका प्रस्ताव पेश गरिएको भन्दै सिगाना,रायडाँडा,सुखौरा,पैयुँथन्थाप र राँङखानी गाविसका स्थानीयले बिरोध गरेका हुन् ।

map of baglungको लागि तस्बिर परिणाम
गत शुक्रबार स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिले बागलुङलाई दुई नगरपालिका र ६ गाउँपालिकाको प्रस्ताव संघीय आयोगमा पठाएको थियो । उतm प्रस्तावमा गाँउतहमा भएको छलफल भन्दा विपरीत गाविसहरुलाइ गाँउपालिकामा समावेश गरेको स्थानीयहरुको गुनासो रहेको छ । प्रस्तावमा काँठेखोला गाँउपालिकामा राखिएको सिगाना गाविस र जैमिनी गाउपालिकामा राखिएको रायडाँडा गाविसले सेवा,सुबिधा र भौगोलिक सुगमताका लागि बागलुङ नगरपालिकामा समावेश गर्न माग गरेका छन् । यस्तै आयोगमा पेश गरिएको प्रस्तावमा बरेङ गाउँपालिकामा समावेश गरिएको पैयुँथन्थाप र राँखानी गाविसले पनि कुस्मिसेरा बजार केन्द्र रहने जैमिनी गाउँपालिकामा समावेश हुनु पर्ने माग राखेका छन् । साथै यस अघि बरेङ गाँउपालिकामा राखिएको सुखौरा गाविसले पनि हरिचौर चमुवा केन्द्र रहने गल्कोट नगरपालिकामा समावेश हुन माग गरेका छन् ।
५ वटै गाविसका स्थानीय प्रतिनिधिहरुले जिल्ला विकास समितिमा रहेको स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिलाइ गाँउपालिका र नगरपालिकाको पुर्नसंरचनाको प्रस्तावित खाकामा परिमार्जन गर्न माग गरेका छन् । उनिहरुले राजनीतिक दलका जिल्लास्तरीय नेताहरुको राजनैतिक स्वार्थको लागि प्रस्तावित संरचना लागु गर्न सहमति गरेपनि ५ गाविसका स्थानीयहरु यसको पक्षमा नरहेको बताएका छन् ।
यता स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति बागलुङका सदस्य सचिव ईश्वरलाल शाक्यले आयोगमा पठाइएको प्रस्ताव अन्तिम नभएकाले गाँउतहबाट आएका सुझाव र मागहरुलाई पुर्नविचार गर्दै प्रस्तावित संरचना फेरवदल गर्न सकिने बताउनुभयो ।
यस अघि जिल्लामा गठित सहयोग समितिले विभिन्न चरणमा जिल्लाव्यापी रुपमा गरेको छलफल कार्यक्रमपछि बागलुङलाई दुई नगरपालिका र ६ गाउँ पालिका बनाउँने प्रस्ताव स्थानीय तह पुर्नसंरचना आयोगमा बुझाएको थियो । जिल्लाबाट पठाइएको पुर्नसंरचनाको प्रस्तावमा सत्ताधारी नेपाली कांग्रेस, सत्ता समर्थित संघीय समाजवादी फोरम नेपाल र नेकपा क्रान्तिकारी (माओवादी)ले प्रस्तावमा फरक मत राखेका थिए

प्रतिक्रिया दिनुहोस्
LIVE TV