२१ भाद्र २०७३, मंगलवार

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले दाल, चामल लगायतका दैनिक उपभोग्य वस्तुमा ५० प्रतिशत सहुलियत दिन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ । चाड पर्व नजिकिएकाले उपभोक्ताको हितको लागि भन्दै चन्द नेतृत्वको माओवादीले सरकारलाई १० बुँदे ज्ञापनपत्र बुझाएको हो ।

pm prachandaको लागि तस्बिर परिणाम
प्रधानन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरवार पुगेर चन्द नेतृत्वको माओवादीले दाल, चामल, तेल, चिनी, पिठो, दुध, तरकारी, फलफुल, मासु र मसलाको मुल्यमा ५० प्रतिशत सहुलियत दिन माग गरेका हुन् । ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री दाहालले आमजनतालाई महङ्गी र कालोबजारीबाट छुटकारा दिलाउन आफूले बजार अनुमगन सुरु गराएको जानकारी दिनुभयो । उहाँले बजार अनुगमनको सकारात्मक असर देखिएको दावी समेत गर्नुभयो । प्रधानमन्त्री दाहालले आम जनताका माग समाविष्ट रहेको चन्द माओवादीको ज्ञापनपत्रले आफूलाई काम गर्न सहयोग पुग्ने भन्दै ज्ञापनपत्र बुझाएकोमा माओवादीका नेताहरुलाई धन्यवाद समेत दिनुभयो ।
ज्ञापनपत्रमा किसानका सबै उत्पादन राज्यले खरिद् गरी सिधै उपभोक्तासम्म पु¥याउने व्यवस्था गर्न, त्रिचौलियाको रुपमा काम गर्न वाध्य भएका युवाहरुलाई रोजगारीको व्यवस्था गर्न, माथिल्लो कर्णाली र अरुण तेस्रोको पीडीए खारेज गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV