२० भाद्र २०७३, सोमबार

जय श्री भगवती फिल्मस् र अल्बीना मोशन पिक्चर्सको संयुक्त प्रस्तुतीमा हिन्दी फिल्म ‘चक्र’निर्माणको घोषणा भएको छ । आयोजित एक कार्यक्रममा फिल्मका निर्माण पक्ष र पत्रकारहरुको बीचमा हिन्दी फिल्म ‘चक्र’को औपचारीक घोषणा भएको हो । महिला निर्देशक समाजकी अध्याक्ष सुचित्रा श्रेष्ठ र बलिउडका निर्माता अन्वार राजले ‘चक्र’फिल्मलाई संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् ।

vlcsnap-2016-09-05-16h43m32s195
‘चक्र’फिल्मको स्क्रीप्ट शशी कुमारले लेखेका हुन् । त्यस्तै फिल्मलाई निर्मात्री सुचित्रा श्रेष्ठ र बलिउडका निर्देशक राजेश राजले संयुक्त रुपमा निर्देशन गर्ने भएका छन् । निर्मात्री तथा निर्देशक सुचित्रा श्रेष्ठले ‘चक्र’ फिल्मको बारेमा बोल्दै नेपाल र भारत दुवै देशको कलाकारहरुलाई फिल्ममा समाबेश गरीने जानकारी दिईन् । साथै लक्ष्मी पुजाको दिन उक्त फिल्मको शुभमुहुरत गर्दै फिल्मलाई नेपालको चतारा, ईलाम र काठमाडौंका साथै भारतको बिहार लगाएतका ठाउँहरुमा छायाङकन गरीने निर्मात्री तथा निर्देशक श्रेष्ठले बताईन् ।vlcsnap-2016-09-05-16h43m46s435
‘चक्र’ फिल्मको सुटिङको क्रममा सबै नेपाली ईक्युपमेन्टहरुलाई नै प्रयोग गरीने भएको छ । फिल्ममा नेपालको तर्फबाट २५ प्रतिशत र भरतको तर्फबाट ७५ प्रतिशत कलाकारहरुलाई समाबेश गरीने निर्माण पक्षले जानकारी गराए । अहिले सम्म फिल्मको लागी कलाकारहरुको फाईनल भईनसकेको अवस्थामा नेपालको तर्फबाट नायिका फाईनल गरीने योजना निर्माण पक्षको रहेको छ ।
‘चक्र’फिल्म नेपाल र भारत दुवै देशमा छायाङकन गरीने भएको हुनाले दुई जना निर्देशकको संयुक्त निर्देशन रहने भएको हो । ‘चक्र’फिल्मको प्रेसमिटमा नेपाल आईपुगेका भारतीय निर्देशक अन्वार राज र निर्माता राजेश राजले नेपाल र भारतको भाषा, कला र संस्कृतिलाई मध्येनजर गर्दै उत्कृष्ठ फिल्म निर्माण गर्ने लगाएतका आ–आफ्नो मन्तब्य पनि राखे । साथै फिल्ममा रोमान्टीक लभस्टोरी,एक्शन,सस्पेन्स र थ्रिलर को समिश्रण रहने जानकारी पनि गराए । त्यस्तै ‘चक्र’फिल्मको निर्माण पश्चात नेपाल र भारतको कला संस्कृति अझ प्रगाढ हुने पनि उनिहरुको ठहर रहेको छ ।

01
उपस्थित कार्यक्रमका प्रमुख अतिथी चलचित्र बिकास बोर्डका अध्याक्ष राजकुमार राईले ‘चक्र’फिल्मको निर्माण टिमलाई सफलताको शुभकामना दिदै उक्त फिल्म हिन्दी भाषामा मात्र नभएर नेपाली भाषामा ट्रान्सलेट गर्न पनि आवश्यक रहेका बताए ।

vlcsnap-2016-09-05-16h37m19s074

प्रतिक्रिया दिनुहोस्
LIVE TV