२० भाद्र २०७३, सोमबार

पुर्व पोर्न स्टार तथा पछिल्लो नायिका सन्नी लियोनी न्युयोर्कको फेशन वीकमा भाग लिने भएकी छिन् । भब्य रुपमा आयोजना हुदै गरेको उक्त फेशन वीकको र्याम्पमा उत्रने बलिउडको पहिलो नायिका पनि सन्नी नै हुने भएकी छिन् । ३५ वर्षिय नायिका लियोनीले ट्वीट गर्दै न्युयोर्क फेशन वीकको उद्घाटन शोमा चर्चीत डिजाईनर अर्चना कोचरको लागी र्याम्पमा उत्रने जानकारी दिएकी छिन् ।

Image result for sunny leone
नायिका लियोनीले अन्य ट्वीट गर्दै न्युयोर्कको उक्त फेशन शोमा भाग लिन पाउँदाको खुशि ब्यक्त गर्दे डिजाईनर अर्चनालाई धन्याबाद पनि दिएकी छिन् । यहि सेप्टेम्बरको ८ तारीखमा अर्चना कोचरको ओपनिङ शोको लागी न्युयोर्क फेशन वीक एसएस १७मा उत्रिदै गरेका जानकारी पनि नायिका लियोनीले ट्विीटमा दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV