१९ भाद्र २०७३, आईतवार

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले नेपाल र भारतको सम्बन्ध रोटी र बेटीको जस्तो रहेको बताउनुभएको छ ।

Image result for अर्जुननरसिंह केसी

स्वतन्त्र युवा प्रजातान्त्रिक सङ्घ नेपालद्वारा आज यहाँ आयोजित तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले छिमेकी मुलुक भारतसँगको सम्बन्धलाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

भारतसँगको नेपालको नाता सदियौंदेखि रहँदै आएकाले यसलाई अझ प्रगाढ पार्दै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।

लामो सङ्घर्षबाट प्राप्त भएको संविधानमा जनताका हक अधिकार सुनिश्चित भएको उहाँको भनाइ थियो । संविधान कार्यान्वयन सरकारको प्रमुख उद्देश्य रहेको उहाँले बताउनुभयो ।

नेपाली महिलाहरुको महान चाड हरितालिका तीजले नेपालीहरुको संस्कृतिलाई जोगाएर राखेको उहाँको भनाइ थियो । परम्परागतदेखि चल्दै आएको तीज पर्वलाई सबैले सम्मान गरिनुपर्नेमा उहाँको जोड थियो । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV