१९ भाद्र २०७३, आईतवार

नेपालबाट बंगुरको स्वस्थ्य मासु विदेश निर्यात गर्ने तयारी गरिएको छ । बंगुरको मासु जाँच पास गरेर पठाउने तयारी गरिएको पशुसेवा विभाग अन्र्तगतको केन्द्रीय बंगुर तथा कुखुरा प्रवद्र्धन कार्यालयले जनाएको छ ।

01
अहिले पनि लुकीछिपी भारतको सिक्किम, भूटान र चीन लगायतका देशमा यस्तो मासु निर्यात भइरहेको पाइएको छ ।अब वैधानिक रुपमा मासु निर्यात लागि मन्त्रालयको एक टोलीले विदेशी बजारको अध्ययन गरेको छ । नेपालमा पालिएका उन्नत जातका बंगुरको मासु गुणस्तरीय र स्वास्थ्यवद्र्धक पाइएपछि मासु भुटानमा निर्यात गर्न लागिएको कार्यालयका प्रमुख डा. जगदीश पाण्डेले जानकारी दिनुभयो ।
कार्यालयको तथ्यांकअनुसार आव २०६८र६९ मा १८ हजार २७७ टन सुंगुर र बंगुरको मासु उत्पादन भएकोमा २०६९र७० मा २.३६ प्रतिशतले बढेर १८ हजार ७०९ टन पुगेको थियो ।आव २०७०र७१ मा ६.१५ प्रतिशतले वृद्धि भएर मासु १९ हजार २६९ पुगेको थियो भने २०७१र७१ मा ४.४९ प्रतिशतले बढेर सुँगुर र बंगुरको मासु उत्पादन २० हजार १३५ टन पुगेको थियो । पशुसेवा विभाग अन्तरगतको केन्द्रीय बंगुर तथा कुखुरा प्रवद्र्धन कार्यालयले यो बर्ष नेपालका विभिन्न १५ जिल्लामा बंगुर व्यवसाय सुधार कार्यक्रम सुरु गर्दै कृषकहरुलाई यो व्यवसायमा अब्बल समेत बनाउने काम सुरु गरिसकेको छ ।यसका लागि १५ जिल्लामा २ करोड १० लाख रुपैयाँको अनुदान दिन लागिएको छ ।  हाल नेपालमा दर्ता भएका १४ सय बुँगुर फार्म रहेका छन् । जहाँ ३ लाख बढीले रोजगारी पाएको बंगुर प्रवद्र्धन कार्यक्रमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV