१९ भाद्र २०७३, आईतवार

धेरै नेपालीको सपनाको शहर हो काठमाडौं । राजधानी हुनुको अर्थ बोकेको यो काठमाडौंको खाल्डोमा बढ्दो भीड अस्तव्यस्त छ । दिउँसो जेनतेन गुजारा चलाउछ काठमाडौं र काठमाडौंवासीले तर साँझ र रातको समय कष्टकर छ । सुविधाको शहर मानिएको यही राजधानीमा धेरै सुविधा साँझ पर्दै जाँदा हराउदै जान्छ ।

Image result for साँझको राजधानी
केहि वर्ष पहिला सर्वसाधारणका सुविधाको लागि भन्दै काठमाण्डौ महानगरपालिकाले निजी वस व्यवसायीसंग समन्वय गरेर रात्रि वस सेवा संचालन गरेको थियो । यसरी रात्रि सेवा संचालन भएपछि साँझ अवेरसम्म काम हुने राजधानीवासी निकै खुसी भएका थिए तर यो सेवा लामो समयसम्म टिक्न सकेन । रात्रिकालीन सेवाका सार्वजनिक यातायात सेवा नहुँदा अहिले राजधानीवासी साँझ परिसक्दा नसक्दै हतार हतार आफ्नो काम छोट्याउँदै सवारी साधनको खोजीमा सडकमा यता उता दगुरी रहेका भेटिन्छन् ।
आफ्नो गन्तव्यमा जाने सवारी साधन आँउछ या आउँदैन सन्ध्याकालीन यात्रुहरुलाई पत्तो नै हुँदैन । तै पनि उनिहरु सवारी साधन आउने आश बोकेर सडकमा छटपटाइरहेका हुन्छन् ।
साँझ परेपछि साना सवारी साधनको वाहुल्यता वढि हुने भएको कारण तछाड मछाड गर्दै सवारी साधनमा छिर्न व्यस्त हुन्छन् सर्वसाधारण यात्रु । पुरुषलाई समेत गाह्रो हुने साँझको यात्रा महिलाहरुलाई त यातनापूर्णनै हुन्छ ।
राजधानीको सुविधाभित्र समेटिन नसकेको यो अत्यावश्कीय विषयमा अभैm पनि धेरैको ध्यान तानिन सकेको छैन । हुन पनि काठमाडौ साँझ पर्दा घुम्टो हाल्न र सुनसानमा रमाउन आतुर हुन्छ । विदेशीहरुले पनि भन्ने गरेका छन नै –काठमाडौं छिटो सुत्छ र ढिलो उठछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV