१९ भाद्र २०७३, आईतवार

अक्सर सरकारी अधिकारीको वाटो नपर्ने सुन्दरी घाटमा  आइतवार भने ससानो मेला नै लाग्यो । वजार अनुगमनका क्रममा वरामद भएको सामग्रीहरु नष्ट गर्नेक्रममा भेला भएका सरकारी उच्चपदस्थ अधिकारीबीच आपूर्ति मन्त्री दीपक वोहराले म्याद गुज्रेका र अखाद्य वस्तुहरु विक्रीवितरण नगर्न चेतावनी दिनुभयो ।

आइतवार सुन्दरी घाटमा मेला लाग्यो । ठूला मान्छेहरुको सानो मेला । अक्सर सरकारी अधिकारीको वाटो नपर्ने सुन्दरी घाटमा आइतवार भने वाक्लो उपस्थिति थियो । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण, आपूर्ति, नेपाल प्रहरी, सशस्त्र र अन्य सरकारी निकायका उच्चपदस्थ अधिकारीहरुको जमघटले सुन्दरी घाटमा कुनै नयाँ हुदैछ कि भन्ने कौतुहलताले सर्वसाधारणसमेत भेला भैसकेका थिए ।
झाडीमा रुपान्तरण भैसकेको सुन्दरी घाटमा डोजर चलाइएको थियो र एउटा कुनामा सानो खाल्डो । अर्को छेउमा टेन्ट र केही कुर्सीहरु । फोहोर व्यवस्थापनका लागि मूख्य स्थानका  रुपमा परिचित सुन्दरी घाटमा करिब ३ करोड रुपैयाका अखाद्य तथा म्याद गुज्रेका उत्पादनहरु नष्ट गरिएको हो । कार्यक्रममा सहभागी आपूर्ति मन्त्री दीपक वोहराले म्याद गुज्रेका र आखद्य वस्तु विक्रिवितरण नगर्न व्यवसायीलाई चेतावनी दिनुभयो । उहाँले बजार अनुशासनहीनता तत्काल रोक्न निर्देशन दिदै  सरकार टुलुटुलु हेरेर नबस्ने चेतावनी दिनुभयो ।
भदौ ३१ गतेवाट शुरु भएको सरकारी निकायको संयुक्त अनुगमन असोज १७ गते सम्म सञ्चालन भएको थियो । त्यसक्रममा टोलीले बिग मार्ट, मिग मार्ट, सेलवेज, भाटभटेनीलगायतका ठूला कम्पनी र अन्य साना व्यवसायीहरुवाट दाल, चामल, मह, पीठो, दालमोठ, औषधि, सेम्फू, पानीलगायत खाद्य तथा औषधिजन्य अवैध सामग्रीहरु वरामद गरेको थियो ।
आपूर्ति, खाद्य प्रविधि तथा गुणस्तर, उपभोक्ता हित संरक्षण मञ्च, प्रशासन र सञ्चारलगायत निकायको संयुक्त टोलीले दुई हप्ता वजारको अनुगमन गरेको थियो । अनुगमनका क्रममा वरामद भएका अवैध वस्तुहरुको नष्ट गर्नेक्रममा सुन्दरीघाटमा मन्त्री वोहराले अनुगमन निरन्तर सञ्चालन हुने प्रतिवद्धता गर्नुभएको थियो । यो देखावटी भने मात्र नबनोस । जनतालाई सेवा गर्ने ठाउँमा बसेकाहरु अवैध मन पनि डढाउन आवश्यक छ । नभए सुन्दरीघाटको दृश्य नाटक र तमासा भन्दा पर केही हुने छैन ।

LIVE TV