१९ भाद्र २०७३, आईतवार

प्रधानमन्त्री पुष्पकमल दाहालले भुकम्प पीडितलाई १ लाख रुपैया थपेर ३ लाख रुपैया तत्काल अनुदान दिने बताउनुभएको छ । उहाँले  भूकम्प पीडितहरुलाई २ लाख रुपैया सहुलियत ऋण उपलब्ध गराउने प्रक्रिया अघि बढेको पनि जानकारी गराउनुभयो ।

Image result for भूकम्पपीडित
सिन्धुपाल्चोकका सांसदहरुको प्रतिनिधि मण्डलको ज्ञापनपत्र बुझदै प्रधानमन्त्री दाहालले भुकम्प पीडितको नाम संकलनका लागि प्रक्रिया सुरु गर्न आफूले निर्देशन दिइसकेको समेत बताउनुभयो ।  प्रधानमन्त्री दाहालले सिन्धुपाल्चोक लगायत भुकम्प प्रभावित क्षेत्रका जनताका समस्या समाधानप्रति सरकार निकै गम्भीर बनेको बताउनुभयो । उहाँले अनुदान र ऋण गरेर पाँच लाख रुपैयाले भुकम्प पीडितलाई तत्कालका लागि आवास निर्माणमा मद्दत पुग्ने विश्वास गर्नुभयो ।
त्यस अवसरमा सिन्धुपाल्चोकका सांसदहरुको प्रतिनिधि मण्डलले तत्काल तातोपानी नाका सुचारु गर्नुपर्ने बताएको थियो ।
प्रतिनिधिमण्डलले भुकम्प पीडितको नाम समावेश, भुकम्प र बाढी पहिरो पीडितलाई राहत, अरनिको राजमार्ग सुचारु लगायतका माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV