१९ भाद्र २०७३, आईतवार

विभिन्न समुदायको चिहानस्थललाई विराटनगर उपमहानगरपालिकाले फोहोर फाल्ने डम्पिङ साइट बनाएपछि यसको विरोध शुरु भएको छ । एकातिर आस्थाको केन्द्र र अर्को तर्फ अव्यवस्थित र अवैज्ञानिक रुपमा फोहोर फाल्ने गरेकाले स्थानीयहरु समेत पीडित भएका छन् ।

Image result for विराटनगरमा डम्पिङ साइट
विराटनगरमा बसोबास गर्दै आएका राई, लिम्बु, तामाङ र मगर जातिका समुदायले वर्षौ देखि विराटनगर वडा नं. ७ स्थित सीमावर्ती सुनसरीको केशलिया खोला नजिक चिहान स्थल बनाएका थिए । उनीहरुले आफ्ना आफन्त मर्दा सोही स्थानमा गाड्ने गरेका थिए । पछिल्लो समय विराटनगर उपमहानगरपालिकाले चिहानस्थलमा नै फोहोर फाल्ने डम्पिङ साइट बनाएको छ । यता फोहोरका कारण सुनसरीको रामगंज बेलगछिया, भीमपुर, अमडुवा लगायतका गाविसका जनताहरु विभिन्न रोगले पीडित बन्नुपरेको गुनासो गरेका छन् ।
विराटनगरबाट दैनिक करिब २० ट्याक्टर फोहोर सो डम्पिङ साइटमा फाल्ने गरिएको छ । तर नियमित रुपमा किटाणु मार्ने औषघि नछर्किने गरेकाले झिंगाका कारण रोगव्याधी बढेको स्थानीय बासिन्दाहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV