१९ भाद्र २०७३, आईतवार

पछिल्लो समयमा मासाजीक सञ्जाल युट्युभ निकै लोकप्रिय बन्दै आएको छ । यसै सञ्जाल युट्युभ मार्फत विभिन्न म्युजिक भिडियो तथा भिडियोहरुले राम्रो दर्शकहरुको साथ पाउँदै आएको छ । अहिले आएर युटुयुभमा विभिन्न कपि राईटस्हरुको बिबादका मुद्धाहरु पनि आईरहेका छन् । त्यस्तै अल्मोडा राना उप्रेतिको (फन्टास्टीक) बोलको गीत पनि युट्युभ बाट हटाईएको छ । अल्मोडा राणाको चर्चा पछिल्लो समय एउटै गीत फन्टाष्टीकले चुलाईदिएको थियो । साथै सबैको मुखमा यहि गीत झुण्डिनुका साथै युट्युभमा भाईरल नै बनिरहेको थियो ।

io;j
त्यस्तै उक्त गीतको सयौ कभर भर्सन पनि निक्लिएका थिए । तर अहिले आएर सफल बनेको गीतलाई एकाएक युटुब च्यानलबाट हटाइएको छ । अल्मोडा राणाको आफ्नै शब्द,संगीत र स्वरमा रहेको उक्त गीतमाथी प्रतिलिपी अधिकारको मुद्दा लगाइएको बताईएको छ । राणाले गाएको उक्त गीतमाथी प्रतिलिपी अधिकार हनन भएको मुद्दा दर्ता भएपछी युट्यभले फन्टाष्कि गितलाई हटाएको भनिन्छ । गीतका लेखक तथा गायक राणा नेपाल बाहीर रहेको हुनाले उक्त गीत युट्युभ बाट हटेको बिषयमा उनको औपचारीक प्रतिकृया भने आएको छैन ।

fff

प्रतिक्रिया दिनुहोस्
LIVE TV