१८ भाद्र २०७३, शनिबार

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले १७ महिनाभित्र तीनवटै निकायको निर्वाचन गराउनु अत्यन्तै चुनौतीपूर्ण हुने बताउनुभएको छ ।

Image result for प्रकाशमान सिंह

‘डोको नेपाल’ नामक संस्थाले आज बुद्धनगरमा आयोजना गरेको ‘शैक्षिक सम्मान कार्यक्रम’मा बोल्दै नेता सिंहले छोटो समयमा धेरै निर्वाचन गराउनुपरेकाले दलहरुबीच एकताको आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो– “सीमाङ्कनमा देखिएका समस्यालाई राजनीतिक दलका नेता बसेर चाँडो समाधान गर्नुपर्छ ।”नेता सिंहले मधेसका समस्याप्रति सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभएको थियो । उहाँले संविधान कार्यान्वयनमा जुट्न सबै राजनीतिक दललाई आग्रहसमेत गर्नुभयो ।पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका सिंहले संविधान कार्यान्वयन गरी मुलुकलाई विकासको बाटोमा लैजानु अहिलेको आवश्यकता रहेको स्पष्ट पार्नुभयो ।उहाँले शिक्षा जनताको अपेक्षाअनुरुप हुन नसकेको भन्दै शिक्षालाई समयानुकूल परिमार्जन गर्दे लैजानुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV