
पछिल्लो समय पर्बतका बिभिन्न सरकारी कार्यलयहरुमा धमाधम विद्युतीय हाजिरी मेसिन जडान गर्न थालिएकोे छ । पछिल्लो एक महिना यता ५ बटा सरकारी कार्यलयहरुमा बिधुतिय हाजिरी मेशिन जडान भईसकेका छन् ।
जिल्ला प्रशासन कार्यलयबाट शुरुबात गरिएको विद्युतीय हाजिरी मेसिन जिल्ला बन कार्यलय हुदै जिल्ला बिकास समिति, जिल्ला कृषि बिकास कार्यलय,जिल्ला मालपोत कार्यलय, भु संरक्षण कार्यालय, लगायतका कार्यलयमा जडान गरिएको हो । ३७ बटा सरकारी कार्यलय रहेको पर्बतमा अब बिस्तारै सबै कार्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरिने भएको हो । कार्यालयको कामप्रति कर्मचारीलाई जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले पर्वतका सरकारी कार्यालयहरुमा मेसिन जडान गर्न थालिएको हो । सरकारी कार्यलयहरुमा विद्युतीय मेशिनबाट हाजिरीको शुरुबात गर्नाले किर्ते हाजिरी गर्नेको अन्त्य हुने र अनुगमन कार्यमा समेत सहजता आउने जिल्ला कृषि बिकास कार्यलय पर्बतका बरिष्ठ कृषि बिकास अधिकृत बासुदेब रेग्मीको अपेक्षा रहेको छ ।
कर्मचारीहरु समयमा कार्यलय नआउने जनगुनासो आईरहेको र कर्मचारीहरुले सर्बसाधारण नागरिकको काम सहज रुपमा गर्न बाताबरण मिलाउन विद्युतीय मेशिनले ठुलो टेबा पुग्ने पर्बतका सहायक प्रमुख जिल्ला अधिकारी प्रवीन ढकालले बताउनुभयो ।
समयमा कर्मचारी कार्यालय नपुग्ने, समयमा पुगेपनि सरकारी समय नहुदै बाहिरने समस्या बढ्न थालेपछि यहाँका सरकारी कार्यालयहरुमा इलेक्ट्रोनिक मेसिनबाट कर्मचारीको हाजिर शुरु गरिएको थियो ।