१८ भाद्र २०७३, शनिबार

मोरङको रंगेली वडा नं. ३ आमतोलामा भारत सरकारको सहयोगमा निर्माण थालिएको शीत भण्डार अलपत्र परेको छ । शर्त अनुसार लगानी गर्नुपर्ने निकाय नआएपछि शीत भण्डार ५ वर्ष देखि अलपत्र परेको हो ।

download (1)
भारत सरकारले २ करोड ५० लाख र भक्तपुर स्थित चर्खा प्रचार गान्धी तुलसी महागुठीले ४३ लाख लगानी गर्ने सहमति अनुसार निर्माण थालिएकोमा महागुठीले चासो नदिएपछि शीत भण्डारको निर्माण कार्य रोकिएको छ । स्थानीय कृषकको आलु, प्याज सुरक्षित भण्डार गर्ने उद्देश्यले निर्माण थालिएको सो शीत भण्डारका लागि महागुठीले संचालन खर्च नदिएको जिल्ला प्राविधिक कार्यालय मोरङका सब इन्जिनियर विनोद ओझाले जानकारी दिनुभयो ।
१२ कट्ठामा निर्माण गरिएको शीत भण्डारमा २ हजार मेट्रिक टन क्षमताको रहेको छ । २०६४ सालमा शीलान्यास भई निर्माण थालिएकोमा कृषिजन्य सामग्री भण्डारण गर्नका लागि चाहिने सामग्री र चिस्याउने मेसिन पनि खरिद भइसकेको छ । तर थप निर्माण र संचालनको जिम्मा लिएको महागुठीले बेवास्ता गरेकै कारण शीत भण्डार संचालनमा आउन नसकेको स्थानीयले गुनासो गरेका छन् ।

LIVE TV