१८ भाद्र २०७३, शनिबार

हाँस्य टेलिसिरीयल जिरे खुर्सानीका मुन्द्रे पात्रलाई नचिन्ने कमै मात्रामा होलान् । १२ वर्ष सम्म जीरे खुर्सानी टेलिसिरीयलमा मुन्द्रे पात्रले सबै दर्शक माझ चिनिन पाउँदा हाँस्य कलाकार जीतु नेपाल निकै उत्साहीत छन् । १२ वर्ष पहिले उक्त टेलिसिरीयलमा नेताको कान्छी पत्नीको छोराको रफ एण्ड टफ रोलमा अभिनय गर्नु पर्दाको समयमा आफ्नो क्यारेक्टरको नाम मुन्द्रे आफैले राखेको पनि बताउँछन् । न्युज २४ को छ प्रश्न कार्यक्रममा बोल्दै कलाकार जीतु नेपालले टेलिसिरीयलमा आफ्नो पात्रको नाम नभएको र रफ एण्ड टफ देखिनु पर्दा मुन्द्रे नाम राखिएको बताउँछन् ।
vlcsnap-2016-09-03-11h58m38s861
कलाकार नेपालले टेलिसिरीयल मात्र नभएर ठुलो पर्दाका फिल्महरुमा पनि अभिनय गरीसकेका छन् । साथै उनले २०१६को फान अवार्डमा उत्कृष्ट सह कलाकारको अवार्ड समेत जीतीसकेका छन् । उनले रीलीज हुन लागेको दीपा श्री निरौला निर्देशीत फिल्म छक्का पञ्जामा पनि अभिनय गरेका छन् ।

vlcsnap-2016-09-03-11h58m52s107

LIVE TV