१७ भाद्र २०७३, शुक्रबार

सय भन्दा बढी भए होला शिलान्यास । प्रधानमन्त्रीदेखि दर्जनौ मन्त्रीले पुल बनाउछु भनेर माला पनि लगाए । ठूला भाषण गरिए , चुनाव ताका चर्को मुद्दा बन्यो । तर अवस्थाको जस्तोको तस्तै । कथा हो झापाको भद्रपुर स्थित मेची पुलको । ६ दशक अघि देखि निर्माणको चर्चामा रहेको मेची पुल चर्चा भन्दा माथि उठन कहिले सकेन ।

Image result for झापाको भद्रपुर स्थित मेची पुल
तेस्रो मुलुकसँग व्यापारीक निकटता कायम गर्ने प्रमुख उद्देश्यले निर्माण गर्न लागिएको झापाको भद्रपुरस्थित मेचीनदीको पुलको निर्माण कार्य कछुवाको गतिमा छ । जसले गर्दा सामान्य किनमेल गर्न भारत जाने सर्वसाधारण, भद्रपुर विमानस्थल प्रयोग गर्ने भारतीय नागरिक र दुवै देशका व्यापारी, व्यवसायीले बर्षौंदेखी सास्ती बेर्हाेरिरहेका छन् । पुलको निर्माणले भारतको पश्चिम बंगाल र विहार राज्य सँगै तेस्रो मुलुक बंगलादेशलाई नजिक्याउने अपेक्षा गरेका पूर्वी दक्षिण झापाका बासिन्दा, व्यापारी र व्यवसायीले बषौंदेखी पुल नपाउदा निराश बनेका छन् । विशेषगरी बर्खाको समयमा स्थानीय बासिन्दा र व्यापारीहरुले अत्यन्तै सास्ती भोग्दै आउनु परेको गुनासो गरेका छन् । वितेका ६ दशक अघिदेखि निर्माणको चर्चा चलेको यो पुलको उद्घाटन वि.सं. २०६६ माघ २१ गते तत्कालीन उपप्रधान एवम् भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले गर्नुभएको थियो । तीन वर्ष भित्र निर्माण सम्पन्न गर्ने सर्त सहित नेपालको अनक सुर्य जेभी कन्ट्रक्सन कम्पनीले ३७ करोड ३६ लाख ८५ हजारमा पुलको ठेक्का पाएको थियो । तर, ठेकेदार कम्पनीको लापरवाही र सरकारको वेवास्ताका कारण पुलको निर्माण अझै केही वर्ष लम्बिने देखिन्छ ।
थप गरिएको सम्झौता अनुसार २०७१ सालको माघ सम्म पुल बनाइसक्नुपर्ने हो । तर, पटक पटक थप गरिएको समयअवधिमा समेत काम सम्पन्न भएको छैन । स्थानीयको अवरोध, प्राविधिक समस्या, बर्खा लगायतका कारण देखाएर पुलको निर्माण कार्य ढिलाई भएको भन्दै निर्माण कम्पनी पन्छदै आएको छ ।

LIVE TV