१७ भाद्र २०७३, शुक्रबार

उत्तरी म्याग्दीको बेगखोला–६ बेगखोला गाउँको ठाडोखोलामा आएको बाढी मानववस्तीमा पस्दा ११ घरपरिवार विस्थापित भएका छन् । अविरल वर्षासँगै आएको बाढीले ११ वटा घर बगाउँदा ती घरका ४८ जना विस्थापित भएका छन्भने एकजना सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बाढीका कारण थप चारघर जोखिममा परेका छन् ।

hjk,bh
बिहीबार राति १ बजेको समयमा वस्तीभन्दा माथिबाट पहिरो खसेर खोलामा बाढी आएपछि बाढीले बेगखोला गाउँको ११ घर बगाएको म्याग्दीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुङले जानकारी दिनुभयो । बाढीले बगाउदा घरभित्र रहेका महत्वपूर्ण कागपत्र लिन गएका पूर्णप्रसाद पाईजा भने सम्पर्कविहीन भएका छन् । विस्थापित भएकाहरु अहिले छिमेकीको घरमा आश्रय लिएका छन् भने उनीहरुलाई अस्थायी आवास निर्माण गरेर राख्ने तयारी गरिएको छ । बाढीले ११ घर परिवारको लत्ताकपडा, भाँडाकुँडा, कागजपत्रलगायत गरी ४१ लाख ६० हजार रुपैयाँ बराबरको क्षति पु¥याएको प्रहरीले बताएको छ । बाढीले बेनी–जोमसोम सडकखण्डअन्तर्गत बेगखोलामा रहेको पक्की मोटरेबल पुल र झोलुङ्गे पुल बगाएपछि उक्त सडकखण्डमा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको छ । वर्षाकै कारण बेनी–जोमसोम सडकखण्डको ठाउँठाउँमा पहिरो खसेर सडक अवरुद्ध बनाएको म्याग्दी जीप तथा बस सञ्चालक समितिका उपाध्यक्ष मोहन केसीले बताउनुभयो । वर्षासँगै एक्कासि खोला बढेर आएपछि आफुहरु मध्यरातमै भागेर ज्यान बचाएको बाढीपीडितहरुले बताएका छन् । घरभित्रको केही पनि सामानहरु निकाल्न नपाउँदै बाढीले घर बगाएको र आफुहरुको अन्य ठाउँमा जग्गाजमिन तथा घर नभएको पीडित लक्ष्मी रामजालीले गुनासो गर्नुभयो । बाढीले बेगखोला गाउँलाई बगरमा परिणत गरिदिएको छ भने अहिले पनि ठाडोखोलामा कालो लेदोसहितको बाढी बगिरहेको छ । खोलामा बाढी एकैचोटी बढेर आएपछि केही समय कालीगण्डकी नदी समेत थुनिएर ताल बनेको स्थानीयवासीले बताएका छन् । अहिले पनि कालीगण्डकी नदीले हिस्तान गाविसको नदी किनारमा कटान गरिरहेको छ ।

LIVE TV