१७ भाद्र २०७३, शुक्रबार

उपभोग्य मिति गुज्रिएको ३५४ लिटर पेय पदार्थ फेन्टा आज यहाँ नष्ट गरिएको छ ।

download

निमित्त प्रमुख जिल्ला अधिकारी अनुनय बास्तोलाको नेतृत्वमा गएको बजार तथा सवारी साधन अनुगमन टोलीले रोल्पा सदरमुकाममा बिक्रीका लागि प्यूठानको बिजुवार बजारस्थित सुदन इन्टर प्राइजेजबाट लु १ च ५७८१ नंको गाडीमा ल्याइएको म्याद नाघेको उक्त पेयदार्थ नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

पछिल्ला दिनमा जिल्ला प्रशासन कार्यालय रोल्पा र उद्योग वाणिज्य सङ्घ रोल्पाले बजार अनुगमनमा सक्रियता देखाउँदै आएका छन् । रासस

LIVE TV