१७ भाद्र २०७३, शुक्रबार

नेपाल विद्युत् प्राधिकरणले बक्यौता रकम तिर्न अटेर गर्दै आएका चार हजार ८४३ ग्राहकको लाइन काटेको छ ।

Image result for चार हजार लाइन

प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका अनुसार यही भदौ ३ गतेदेखि आजसम्म रु नौ करोड १९ लाख ४८ हजार रकम असुली भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेका अनुसार हालसम्म लाइन काटिएका ग्राहकबाट रु २३ करोड ६६ लाख ३७ हजार ९८७ बक्यौता उठ्न बाँकी छ । प्राधिकरणका अनुसार आज सबैभन्दा बढी हेटौँडा क्षेत्रीय कार्यालय मातहतका १०७ ग्राहकको लाइन काटिएको छ ।

यस्तै प्राधिकरणले लाइन काटिएका ग्राहकलाई विद्युत् उपलब्ध गराए उपलब्ध गराउने ग्राहकलाई समेत कारबाही गरिने चेतावनी दिएको छ । काटिएका ग्राहकमध्ये दुई हजार ५१७ ग्राहकका भने महसुल बुझाएपछि लाइन जोडिएको प्राधिकरणले जनाएको छ । बक्यौता नतिर्ने ग्राहकको लाइन काट्न सुरु गरिएको अभियानले सफलता पाउँदै गएको प्राधिकरणको दाबी छ ।

प्राधिकरणले आगामी आइतबारदेखि महसुल नतिर्ने सरकारी कार्यालय, महानगर, उपमहानगर तथा नगरपालिकाको समेत लाइन काट्ने जनाउँदै तत्काल महसुल तिर्न तिनलाई आग्रह गरेको छ । रासस

LIVE TV