१७ भाद्र २०७३, शुक्रबार

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको कार्यान्वयन र आर्थिक समृद्धिका लागि वर्तमान सरकार पूर्ण क्रियाशीलताका साथ लागिपरेको बताउनुभएको छ । उहाँले राष्ट्रिय एकताको सम्बद्र्धन गर्दै सबै वर्ग तथा क्षेत्रको सहमतिमा संविधानको कार्यान्वयन गर्न सरकारले सबै उपाय अवलम्बन गरिएको बताउनुभयो ।

Image result for प्रधानमन्त्री पुष्पकमल दाहाल
अग्रवाल सेवा केन्द्रले आयोजना गरेको अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मुलुकभित्रका तमाम समस्यालाई समाधान गर्दै आर्थिक समृद्धिको विकास तथा विस्तार गर्नु वर्तमान सरकारको प्रमुख दायित्व रहेको बताउँनुभयो । प्रधानमन्त्री दाहालले भारत र चीनजस्ता ठूला र उदाउँदा आर्थिक शक्ति सम्पन्न मुलुकसँग मिलेर अगाडि बढ्नुपर्नेमा पनि जोड दिनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री दाहालले मुलुकको आर्थिक समृद्धिका लागि सहयोग गर्न मारवाडी समुदायलाई आग्रह समेत गर्नुभयो ।

LIVE TV