१७ भाद्र २०७३, शुक्रबार

नेकपा ९एमाले०का नेता माधवकुमार नेपाल आज चीन भ्रमण सकी स्वदेश फर्कनुभएको छ ।

Image result for नेता माधवकुमार नेपाल

यही भदौ २ गते चीनमा भएको कार्यक्रममा सहभागी भएर पूर्वप्रधानमन्त्री नेपाल आज स्वदेश फर्कनुभएको उहाँका स्वकीय सचिव मोहन गौतमले जानकारी गराउनुभयो ।

नेता नेपाल नेपाल–चाइना अन्तर्राष्ट्रिय तेक्वान्दो, नेपाल–चाइना पहिलो शान्ति तथा भ्रातृत्व सम्मेलन, नेपाल–चाइना पहिलो सांस्कृतिक उत्सव तथा वान वेल्ट वान रोडसम्बन्धी कार्यक्रममा सहभागी हुनुभएको थियो । चीनको भ्रमण क्रममा नेपालले विभिन्न प्रान्तको समेत भ्रमण गर्नुभएको थियो । रासस

LIVE TV