१७ भाद्र २०७३, शुक्रबार

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मधेसी मोर्चाले असोज ३ गते मनाइने संविधान दिवसलाई कालो दिवसकोरुपमा मनाउने घोषणा गरेकोप्रति आश्चर्य व्यक्त गर्नुभएको छ । उहाँले मोर्चा सत्ता पक्ष भएको जिकिर गर्दै सत्ता पक्षले नै दुई थरी कार्यक्रम घोषणा गर्नु हाँस्यास्पद भएको पनि बताउनुभयो ।

Image result for भीम रावल
शुक्रवार युवा संघ नेपालले काठमाडांैमा आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष रावलले असोज ३ गते मोर्चाले संविधान दिवसका दिन कालो दिवस मनाउने निर्णय गर्नुले सत्ता पक्ष दुई थरी कार्यक्रम बोकेर जनतासमक्ष जान लागेको उल्लेख गर्नु भयो । उहाँले एउटै दिवसलाई सत्तारुढ दलहरुले दुई किसिमले मनाउन खोजेर जनतामा भ्रम छर्न खोजेको जिकिर पनि गर्नुभयो ।
रावलले मोर्चा सत्ता पक्ष नै भएको दावी गर्नु भएको छ । मोर्चाले वर्तमान प्रधानमन्त्रीलाई निर्वाचित गराउन तथा केपी ओली सरकार विरुद्धको अविश्वासको प्रस्तावको पक्षमा सहयोग गरेकाले मोर्चा सत्ता पक्ष भएको उहाँको जिकिर छ ।
उपाध्यक्ष रावलले चैत महिनासम्म मात्रै सरकारको आयु निश्चित भइसकेकाले चैत महिना मै सरकार गठन र स्थानीय तहको निर्वाचन हुनेमा शंका व्यक्त गर्नुभयो । मन्त्रीमण्डल विस्तारमै महिनौ लागिरहेको अवस्थामा अवको १७ महिनामा तिनओटै तहको निर्वाचन हुनेमा उहाँको आशंका छ ।

LIVE TV