१७ भाद्र २०७३, शुक्रबार

उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय एकताका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

Image result for नन्दबहादुर पुन
किरात याक्थुङ चुम्लुङ केन्द्रीय समितिद्वारा यहाँ आज आयोजित २८औँ स्थापना दिवसका अवसरमा उहाँले र सबै राजनीतिक दल र नागरिक एकताबद्ध भएर देशलाई आर्थिक रुपले समृद्ध बनाउनाको कुनै विकल्प छैन भन्नुभयो ।

हरेक समुदायको आआफ्नो पहिचान भए तापनि एकले अर्काको पहिचानलाई सम्मान गर्न सकेमा मात्र राष्ट्रको पहिचान हुन सक्ने उहाँको भनाइ थियो ।
सो अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष एवम् सांसद नगेन्द्र कुमालले स्थानीय तह पुनःसंरचनामा पहिचान भेटिने किसिमको नामकरण गरिनुपर्नेमा जोड दिनुभयो । संस्थाका अध्यक्ष उत्तमसिंह थाङ्देनले किरातको अधिकारका लागि संस्था स्थापना भएको बताउनुभयो । रासस

LIVE TV