१७ भाद्र २०७३, शुक्रबार

अनिल कपुरको छोरा हर्षवर्धन कपुरको डेब्यु फिल्म ‘मिज्र्या’को अहिले निकै चर्चा भईरहेको छ । उक्त फिल्मको रीलीज टिजर र ट्रेलरले पनि दर्शकहरुको ध्यान तानीरहेको छ । रीलीज ट्रेलरको सिनहरुमा हर्षवर्धन र सैयानीको केमेष्ट्रिलाई पनि दर्शकहरुले रुचाई रहेका छ ।

022
फिल्ममा हर्षवर्धनले फरक गेटअपमा अभिनय गरेका छन्, भने फिल्ममा हर्षवर्धनलाई सैयानीले साथ दिएकी छिन् । अहिले आएर उक्त फिलमको कभर गीत पनि रीलीज भएको छ । फिल्मका निर्माण पक्षले फिल्मको कभर गीत नभएर अर्को गीत रीलीज गर्न चाहे पनि म्युजिक कम्पनीले कभर गीतनैै रीलीज गर्ने फैसला गरेको हो ।
अहिले रीलीज भएको फिल्मको टाईटल गीतमा हर्षबर्धन र सैयानी खेरको केमेष्ट्रि देख्न पाईने भएको छ ।

000033
रीलीज टाईटल ट्रयाकलाई सेन जहुर,न्युरा सिस्टर्स लगाएतले स्वरबद्ध गरेका छन् । शंकर एहासानले उक्त गीतको कम्पोज गरेका हुन्, भने गुलजारको शब्द रहेको छ । फिल्म मिज्र्या लाई राकेश ओम प्रकाश मेहराले निर्देशन गरेका हुन् ।

LIVE TV