१६ भाद्र २०७३, बिहीबार

काठमाडौं उपत्यकावासीको लोकप्रिय परिकार ममको मुख्य आधार हो रागा भैसी । काठमाडौंको अपार जनसंख्याका लागि धान्ने रागा भैसीको श्रोत मुलुक भित्र मात्र छैन , त्यसैले रागाभैसीमा पनि मुलुक भारतसंग निर्भर रहदै आएको छ । त्यसमाथि पनि काठमाडौंका कस्ता रागाभैसी भित्रन्छन , यस्मा ध्यान कमैको गएको पाइन्छ ।

Image result for भैसी
बजार अनुगमनको पछिल्लो संस्करणमा रागभैसीको वध र तिनीहरुको मासु बजारमा ल्याउने शैली उदांगो बनेको छ । देशका बिभिन्न भाग र भारतबाट आउने रागाभैसीको नै पहिला स्वास्थ्य जाँच गर्नुपर्ने आवश्यकता देखिएपनि यसतर्फ समेत सरोकारवाला निकायको ध्यान जान सकेको छैन । काठमाडौं भित्रने अधिकांश भैसीहरु दुध दिन छोडेका, प्रजनन् क्षमता नभएको तथा बुढो, रोगी दैनिक कामकाजमा सहयोग गर्न नसक्ने हुन्छन् ।
उपत्यकामा एक सातामा भारतवाट करिव तीन हजारको हाराहारीमा राँगा तथा भैसी भित्रने गरेको छ । यस मध्ये नेपालको पहाडी क्षेत्र र तराई क्षेत्रबाट करिव हजारको हाराहारीमा राँगा तथा भैसी भित्रने गरेको छ भने बाँकी नपुग भारतवाट आयात गर्ने गरिएको छ । यस्ता राँगा तथा भैसीहरु कम्तिमा डेढ दिनको निकै कस्टकर यात्रा पार गरेर काठमाण्डौ भित्र्याईन्छ । यसरी भित्रीएका राँगा तथा भैसीहरुलाई राख्ने ठाँउ पनि निकै फोहर र अस्वस्थ्यकर रहेको छ । यसरी राखिएका राँगा तथा भैसीहरु विरामी रोगी आखाँमा चिप्रालागेको पुच्छर चुडिएका शरिर भरी घाउनै घाउ भएका हुन्छन् ।
अधिकांश उपभोक्तालाई यी राँगा तथा भैसीहरु कसरी भित्रन्छन् र कसरी वध गरिन्छ भन्ने बारेमा सामान्य ज्ञान समेत छैन् । र जानी नजानी यस्ता अस्वस्थ्यकर मासु प्रयोग प्रयोग गर्न बाध्य छन उपत्यकावासी
उपभोक्ताको अधिकार हरेक बधशालाहरुमा खोसिएका छन् । अनुगमन भयो तर त्यसपछिका दिनमा त्यसलाई उपभोक्ताको स्वास्थ्य अनुकुल बनाउने ठोस कदमहरु चालिएको पाइएको छैन । त्यसमाथि नजिकिदो चाडबाडलाई ध्यान दिएर पनि रागाभैसीको स्वास्थ्य र बधशालाको सरसफाईमा ध्यान दिन कञ्जुस्याँई नगरियोस ।

LIVE TV